माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : प्रचण्ड « Khabarhub

माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : प्रचण्ड


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी घरदैलो अभियानमा केन्द्रित रहेको बताए ।

नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीले नेपाल सम्वत् १४४५ नयाँं वर्षको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारको पालामा जनताको पक्षमा भए गरेका कामहरुबारे जानकारी दिन घरदैलोमा जाने बताए ।

उनले भने, “मैले नेतृत्व गरेको सरकारले जनताको पक्षमा धेरै काम गरेको छ, यसबारे जनतालाई जानकारी दिन जरुरी छ । जनताले २०८४ सालको निर्वाचनमा माओवादी केन्द्रलाई बहुमतका साथ जिताएर पठाउँछन् ।”

त्यसअघि अध्यक्ष दाहालले शङ्खधर चोक नयाँं थिमिस्थित शङ्खधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ८ : २६ बजे

प्रतिनिधिसभा निर्वाचन: आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक

रक्षा बमलाई प्रश्न: रवि-बालेन सहमतिमा जेनजी र सरकारबीचको १० बुँदे सम्झौता किन समेटिएन ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका

स्वतन्त्र मेयर बालेन साह अब रास्वपा नेता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका मेयर

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी – पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि

आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपात

काठमाडौं – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल