ह्यारिसलाई जेनिफर लोपेजको साथ « Khabarhub

ह्यारिसलाई जेनिफर लोपेजको साथ


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – ५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा देशका सेलिब्रेटी उम्मेदवारको चुनावी अभियानमा लाग्नेक्रम जारी छ।

गायिका जेनिफर लोपेज नेभाडामा बिहीबार भएको कमला ह्यारिसको कार्यक्रममा उपस्थित भइन। शुक्रबार विन्सकन्सिनमा आयोजना हुने कार्यक्रममा र्यापर कार्डी विल पनि उपस्थित हुने भएका छन्।

ह्यारिसको पक्षमा देशका सेलिब्रेटी उपस्थित हुनेक्रम यसअघि नै सुरु भइसकेको थियो। सङ्गीतकार जेम्स टेलर, ब्रुस स्प्रिङटन, बियोन्स, निर्देशक निर्देशक स्काइक ली तथा कलाकार टेलर पेरी ह्यारिसको कार्यक्रममा उपस्थित भइसकेका छन्।

यसैगरी फिलाडेल्फियामा भएको कार्यक्रममा उपराष्ट्रपति पदका उम्मेदवार टिम वाल्जले रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति उम्मेदवार जेडी भान्सले मजदुरको समस्याका बारे कुनै चासो र जानकार नभएको बताए।

निर्वाचनको पछिल्लो मत सर्वेक्षणले चुनाव अत्यन्त प्रतिस्पर्धात्मक देखिएको छ। सिएनएनको सर्वेक्षण अनुसार नर्थ क्यारोलिनामा ह्यारिसको पक्षमा ४८ तथा ट्रम्पको पक्षमा ४७ प्रतिशत मतदाता छन्।

पेनेसेल्भिनियामा ह्यारिसको पक्षमा ४८ तथा ट्रम्पको पक्षमा ४७ प्रतिशत मतदाता छन्। मिचिगनमा ह्यारिसको पक्षमा ४९ तथा ट्रम्पको पक्षमा ४५ प्रतिशत मतदाता छन्। न्यु हाम्पसायरमा ह्यारिसको पक्षमा ५० तथा ट्रम्पको पक्षमा ४३ प्रतिशत मतदाता छन्। जर्जियामा ह्यारिसको पक्षमा ४८ तथा ट्रम्पको पक्षमा ४७ प्रतिशत मतदाता छन्।

नर्थ क्यारोलिनाले सन् २००८ मा बाराक ओबामालाई साथ दिएको थियो। त्यसयताका निर्वाचनमा त्यहाँ रिपब्लिकको प्रभाव रहेको छ। जर्जियामा गत निर्वाचन जो बाइडेनले एक प्रतिशत भन्दा कम मतान्तरले जित हात पारेका थिए।

सन् १९९२ मा बिल क्लिन्टनपछि सो राज्यमा सफलता पाउने बाइडेन पहिलो डेमोक्र्याट उम्मेदवार हुन्। यु ट्युबमा भाइरल भएका ज्याक पाउल डोनाल्ड ट्रम्पको पक्षमा उभिएका छन्।

६ करोड भन्दा बढीले गरिसके मतदान
बिहीबारसम्म ६ करोड भन्दा बढीले अर्ली इलेक्सन सुविधाको उपयोग गर्दै मतदान गरिसकेका छन्। सन् २०२० को निर्वाचनमा १५९ मिलियनले मतदान गरेका छन्। त्यसको ३८ प्रतिशतले अहिले मतदान गरी सकेका छन्। १० राज्यमा सन् २०२० का भएको मतदानको ५० प्रतिशत भन्दा बढी मतदान भइसकेको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ७ : ३५ बजे

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन