लेबनानलाई भारतको मानवीय सहयोग | Khabarhub Khabarhub

लेबनानलाई भारतको मानवीय सहयोग


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले द्वन्द्वग्रस्त लेबनानमा सहायता सामग्री पठाएको छ । लेबनानका लागि भारतीय राजदूत नूर रहमान शेखले त्यहाँका स्वास्थ्यमन्त्री फिरस अबिदलाई सहायता सामग्री हस्तान्तरण गरेका हुन् ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेबनानस्थित भारतीय राजदूतावासले मानवीय सहायताको पहिलो खेप हस्तान्तरण गरिएको जानकारी दिएको हो । राजदूतावासले लेबनानसँगको सम्बन्धलाई थप सुमधुर बनाउन भारत प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

भारतले पठाएका सहायता सामग्रीमा औषधि तथा चिकित्सकीय सामग्री रहेको भारतीय समाचार पोर्टल इकोनोमिक टाइम्सले जनाएको छ । भारतले पहिलो चरणमा लेबनानलाई ११ टनको मानवीय सहायता पठाएको छ । 

भारतले ३३ टन सहायता त्यसतर्फ पठाउने लक्ष्य लिएको छ । आफ्नो मुलुकलाई भारतले गरेको सहयोगप्रति लेबनानले कृतज्ञता प्रकट गरेको छ । भारतका लागि लेबनानका राजदूत रबिई नर्शले विश्वमा रहेका लेबनानका धेरै मित्रराष्ट्रमध्ये भारत सबैभन्दा निकट रहेको उल्लेख गरेका छन् । 

उनले आफ्नो मुलुकले आग्रह पर्नुपूर्व नै भारतले सहायता सामग्री प्रदान गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ७ : ५३ बजे

प्रि ओपन सेसन : नेप्सेमा साढे १ अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

निजामती सेवा विधेयकमा अनधिकृत परिवर्तन गरिनु देश र जनताप्रतिको अपराध : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयक

विधायन व्यवस्थापन र राज्य व्यवस्था समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुई समितिको बैठक बस्दैछ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।