हात्तीको आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु « Khabarhub

हात्तीको आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

रौतहट– जङ्गली हात्तीको आक्रमणमा परी फतुवा–बिजयपुर नगरपालिका वडा नंं ११ बुट्वा–राङी गाउँमा आज एक वृद्धाको मृत्यु भएको छ ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा ७० वर्षीया पातली तामाङको बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरीक्षक इन्द्रमणि अधिकारीले जानकारी दिए ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार जङ्गली हात्तीले बिहान एक्कासी आक्रमण गर्दा वृद्धाको मृत्यु भएको, निजको श्रीमान्ले भने भागेर ज्यान बचाएको र घर पूर्णरुपमा क्षति भएको तथा सँगैको अर्को घरलाईसमेत क्षति पुर्‍याएको छ ।

घटना भएको जानकारी प्राप्त हुनासाथ जिल्लास्थित नेपाल प्रहरी, डिभिजन बन कार्यालय र सशस्त्र बेस क्याम्प बिजयपुरको प्रहरी टोली बुट्वा–राङी गाउँ पुगी स्थानीयसँगको सोधपुछपछि अहिले थप अनुसन्धान प्रक्रियामा जुटेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  १ : ३३ बजे

‘महाशिवरात्रि’ धार्मिक तथा सांस्कृतिक जीवनसँग जोडिएको पवित्र पर्व : कांग्रेस सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाशिवरात्रि लगायतका पर्वहरूले अनेकतामा

बाख्रा चराउन गएका एक व्यक्तिको ढुङ्गाले लागेर मृत्यु

सुर्खेत– जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु

विश्वकपमा आज भारत र पाकिस्तानको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार भारत र

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

बाँके– नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहट– रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै मोटरसाइकल