रुस, युक्रेनसहित सिङ्गो युरोपले कुरिरहेको अमेरिकी निर्वाचन परिणाम | Khabarhub Khabarhub

रुस, युक्रेनसहित सिङ्गो युरोपले कुरिरहेको अमेरिकी निर्वाचन परिणाम


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

युक्रेनको एक सेल्टर । मानिसहरू टोलाएर बसेका छन् । यसै बिच एकै पटक रुसी आक्रमणले सेल्टर झस्काइदिन्छ ।  हरेक दिनको यो बमवारि र त्रासदीबाट बाहिर आउनु पर्ने उनीहरूको नियतिकै बीचमा ध्यान पुगेको छ, ५०० माइल पर अमेरिकामा हुन आँटेको राष्ट्रपति पदको निर्वाचनमा । ‘कमला ह्यारिसले जित्ने छिन् । हामीले राम्रोसँग साथ पाउने छौ,’ युक्रेनीहरूको आशा छ ।

एक वर्षअघि युक्रेन पहिलो पटक आक्रामक भएर फ्रन्टलाइनमा अघि बढेको थियो । युद्धमा सफलता पाउने युक्रेनी राष्ट्रपति भ्लोलोडोमिर जेलेन्सकीको महत्त्वाकांक्षामा रुसी सेनाले धक्का दिएको । अहिले फेरी रुस हाबी छ । युक्रेन रक्षात्मक अवस्थामा छ ।

उपराष्ट्रपति ह्यारिसले आफूले जित हात पारेमा सहयोगको निरन्तरताको प्रतिबद्धता जाहेर गरेकी छिन् । तर, उनको सहयोगमा पनि रिपब्लिक प्रभाव रहेको संसद्को भूमिका रहन सक्छ ।

ठिक उल्टो डोनाल्ड ट्रम्प विजयी भएमा अहिले रहेको सहयोग कायम नरहन सक्छ । रिपब्लिकको भूमिका फ्रन्ट लाइनका सेनालाई फिर्ता बोलाउने र झाम्पोझारिया लगायत स्थान छाडेर युद्धविरामको प्रयास हुने छ ।

यस अवस्था आएमा सन् १९५० को दशकमा कोरिया युद्धमा भएको युद्ध विराम जस्तै हुन सक्छ । युद्धविराम त भएको थियो । परन्तु त्यो विभाजन युद्धको पूर्ण अन्त्य गराएन । अहिले पनि उत्तर र दक्षिण कोरिया युद्धकै मानसिकतामा छन् ।

ट्रम्पले आफूले युद्ध रोक्ने नीति लिएको बताउँदै आएका छन् । यसको अर्थ लागि युक्रेनले केही भूभाग दिएर युद्धविराम हुन सक्ने अनुमान पनि गरिएको छ । अर्को विकल्प भनेको युक्रेनलाई गरेको सहयोग पूर्ण रूपमा बन्द गर्नु हो । यसो भएमा रुसमा सहजै युक्रेनलाई पराजित गर्न सक्ने र युद्धको अन्त्य हुने अनुमान पनि गर्न थालिएको छ ।

ट्रम्पले भने जस्तो युद्ध अन्त्यका लागि अर्को विकल्प पनि हुन सक्छ । आफूहरूको कब्जा गरिएको भूभाग युक्रेनले पूर्ण रूपमा छाड्ने भन्ने पनि हुन सक्छ । युक्रेनी सेनालाई पनि राम्रोसँग हतियार पाएमा रुससँग लड्ने कलामा आफू हरू निपुण भएको आभास छ । यस कारण उनीहरू सबै ५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचनको प्रतीक्षा गरेर बसेका छन् ।

अमेरिकी निर्वाचनका मत सर्वेक्षणमा धेरै उथलपुथल देखिएको छ । कहिले ह्यारिस र त कहिले ट्रम्प माथि देखिएका छन् । पछिल्ला धेरै सर्वेक्षणले बराबरीको अवस्था देखिएको छ । यसले युक्रेनीमा तनाव थपिएको छ ।

युक्रेनमा धेरै फर्मल्यान्ड छन् । यी सबै फर्मल्यान्डमा अमेरिकी हतियारको प्रदर्शन गर्न युक्रेनी सेना आतुर छन् । ती हतियारमा ड्रोन ग्रिनेड लन्चर र मेसिन गन छन् । सोभियत युगको विकल्प चाहने युक्रेनीहरूका लागि यो सबै अझ धेरै प्रतीक्षाको विषय हो ।

देशको प्राकृतिक सम्पत्ति  र व्यवसायी क्षेत्र जोगाउन मात्र होइन देशका अन्य सहयोगी हातहरूको लगानी पनि बढाउने राष्ट्रपति भालाडोमिर जेलेन्सकीको चाहना हो । एक ड्रोन पाइलटका अनुसार अहिले उनी पश्चिमा देशहरूसँग आफूहरूलाई गर्ने सहयोगकैबारे पनि कुरा गर्ने गरेका छन् । उनलाई मुख्य सहयोग रोकिने चिन्ताले नछुने त कुरै भएन ।

अहिले सैन्य सहयोग मात्र होइन, रुसी आक्रमण पछि ध्वस्त भएको संरचना पुनर्निर्माणका लागि पनि पश्चिमा देशहरूबाट अरब सहयोग हुने गरेको छ । अहिले अमेरिकी निर्वाचनका समाचार युक्रेनी सञ्चार माध्यममा प्राथमिकताका साथ छापिएका छन् ।

युद्धको अन्त्य र जीवनको सुरक्षा स्वाभाविक हो । परन्तु, सन् १९९१ मा सोभियत सङ्घ विघटन पछि क्रेमिया, लुहान्स्क र डोन्सटक सहितको युक्रेन बाहेक सम्झौता गर्ने त्यहाँका आम बासिन्दाको पनि चाहना होइन ।

युक्रेनीहरूको चिन्ता रुस शक्ति नै लागेर कमला ह्यारिसको बारे अनावश्यक हौवा फैलाउने विषयमा पनि हो । त्यसो त युक्रेनमै डोनाल्ड ट्रम्पको पक्षधर पनि नभएका होइनन् । ‘जे भए पनि युद्धको अन्त्य हुनु पर्छ । अन्यथा मतलब भएन’ भन्नेहरूको पनि जमात बढी रहेको छ ।

पोर्भरस्कको पूर्वी भागमा रुसी सेना नजिक पुगी सकेको छ । त्यहाँका मानिसहरूको मत भने फरक छ । रुसले पूर्ण रूपमा आक्रमण गर्नुअघि नै झुकेर भए पनि सम्झौता गरेको भए सायद यत्ति धेरै जनाको ज्यान त जाने थिएन भन्ने आभास केहीलाई हुन थालेको छ ।

केही समयअघि युक्रेनी कमान्डर फेरिए । पहिलो झट्का नै युक्रेनी जितको लक्षण देखिएको थियो । जेलेन्सकीले नयाँ विजयी अभियानको घोषणा गरे । बारम्बार अन्तर्राष्ट्रिय सम्मेलनमा समेत पुगेर अत्याधुनिक हतियारको माग गरे ।

परन्तु त्यो विजयी योजना कामियाव नभएका भन्दै संसद्मै पनि उनको आलोचना सुरु भई सकेको छ । सन् १९९१ मा सोभियत सङ्घ विघटन भएसँगै युक्रेन स्वतन्त्र राज्य त भयो । परन्तु, सम्प्रभुताका लागि सधैँ सङ्घर्ष गर्नु पर्ने युक्रेनी नियतिको अन्त्य कहिले भन्ने प्रश्न त छदै छ ।

अहिले रुस  र युक्रेन बिचको युद्धकै कारण युरोपेली देश र उत्तर एटालान्टिक सन्धि सङ्गठन(नाटो)को चासो निर्वाचनमा अझ बढेको छ । फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टब पनि रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पको जित चाहँदैनन् । विगतमा ट्रम्पले नाटोको बलियो आलोचना गरेका थिए । साथमा उनले किभको अधिकारको विषयमा नकारात्मक धारणा राखेको युरोपेली नेताहरूको मत छ ।

रुस र युक्रेन बिचको युद्ध रुसको विजयी अन्त्य भएमा तत्काल नाटोविरुद्ध आक्रमण हुने त्रास पनि त्यत्तिकै नभएको होइन । २० जनवरी २०२५ का दिन अमेरिकाका नयाँ राष्ट्रपतिले पदभार ग्रहण गरेकै दिन रुस र युक्रेन बिचको युद्ध ३ वर्षको नजिक पुगिसकेको हुने छ ।

न्यूयोर्कस्थित बेफेलो विश्वविद्यालयका प्राध्यापक साहन डनाउहे पनि ह्यारिस विजयी भएमा युक्रेनले चाहेसम्म सहयोग पाउने कुरामा सहमत छन् । ह्यारिसकै निम्ति संसारको अमेरिकी प्रभावको विस्तार र युरोपेली राज्यको सुरक्षा दुवै महत्त्वपूर्ण विषय हुन् ।

ट्रम्पको भने युक्रेनप्रतिको चासो फरक छ । विगतमा उनले भालाडोमिर जेलेन्सकीसँगको भेटमा जो वाइडेनको बारे अनुसन्धान सुरु गर्न भनेका थिए । अहिले तीनै ट्रम्प आफू विजयी भएमा २४ घण्टामा युद्धको अन्त्य गर्न चाहन्छन् ।

यदि ट्रम्प विजयी भएर युक्रेनलाई सहयोग गर्न रोकेमा अन्य युरोपेली देशले पनि यसमा पुर्न बिचार गर्न आवश्यक ठान्न सक्छन् । ५ नोभेम्बरको त्यो मतदान र परिणाम रुस युक्रेन युद्ध हुँदै नाटो र युरोपेली देशको शक्ति समन्वयमा समेत महत्त्वपूर्ण देखिएको छ ।

श्रोत : ः डिडब्लु, रोयटर्स, बिबिसी

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ५ : ३५ बजे

स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो

पाइपोर्टा – बुधबारदेखि आएको स्पेनको सबैभन्दा ठूलो बाढीमा मृत्यु हुनेहरूको

गाजामा पोलियो खोप शनिबार पुनः सुरु हुने

जेनेभा – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार उत्तरी गाजामा बालबालिकाका

खुल्ला देउसीभैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूह प्रथम

गण्डकी – भरतपोखरी विकास मञ्चद्वारा आयोजित खुल्ला देउसीभैलो प्रतियोगितामा सरस्वती

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

कञ्चनपुर – बेलौरी नगरपालिका ९ रतनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन

चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले चाडपर्वको सामाजिकसँगै मानवीय महत्व रहेको