आज २०८१ साल कात्तिक १७ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक १७ गते शनिबारको राशिफल


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक १७ गते शनिबार तदनुसार सन् २०२४ नोभेम्बर २ तारिख। कात्तिक शुक्ल पक्षको प्रतिपदा तिथि। म्हपूजा। गोवद्र्धन पूजा। गाईगोरु पूजा। हलि तिहार। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : अप्ठेरो दिन छ। मन शान्त पार्न आफू सक्रिय हुनुपर्नेछ। सञ्चित धन खर्च हुने योग छ। खानपानकै कारण शरीरमा रोग बढ्नेछ। साथीहरुबाट असहयोग बढ्नेछ। परिवारको भने साथ मिल्नेछ।

वृष : दिन राम्रो छ। तपाईंले गरेका काम सफल बन्नेछन्। व्यापारमा नाफा हुनेछ। वैदेशिक रमझमले मन तानिरहेको छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा फाइदा हुनेछ।

मिथुन : खानपानकै कारण रोगको जोखिम छ। नजिकैका साथीसँग कुरा गर्दा सचेत बन्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको लगानीको प्रशंसा हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारमासँगै बस्ने अवसर मिल्नेछ।

कर्कट : बौद्धिक क्षेत्रमा तपाईंको नाम रहनेछ। आफ्नो उचाइ कायम गर्न धन खर्च गर्नुपर्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानी भए तपाईंलाई राम्रो फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

सिंह : आफ्ना भनिएका व्यक्तिबाट धोका हुँदा अपरिचित व्यक्तिबाट लाभ लिन सकिनेछ। शिक्षाको लगानीबाट राम्रो फल प्राप्त हुनेछ। परिवारमा अशान्ति हुने दिन छ। प्रेम सम्बन्धमा उतारचढाव आउनेछ।

कन्या : दिदीबहिनीको घर पुग्ने अवसर मिल्नेछ। खानपान र उपहारले मन खुशी हुनेछ। विपक्षी साथी तपाईंलाई सहयोग गर्न सक्रिय छन्। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा सफलता हात लाग्ने देखिन्छ।

तुला : नसोचेको धन प्राप्त हुने दिन छ। थोरै लगानी गरे पनि आम्दानी बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। परिवारसँगको सम्बन्धमा भने दुःख सुरु हुने भएकाले समयमै सचेत बन्नु राम्रो हुनेछ।

वृश्चिक : तपाईंको राशिमा चन्द्रमा पुगेकाले दिन रमाइलो बन्नेछ। समयको सदुपयोग गर्नुपर्नेछ। प्राविधिक शिक्षामा प्रगति हुनेछ। परिवारलाई खुशी पार्न ठुलो मेहनत गर्नुपर्नेछ। धार्मिक अभियान्तासँगको भेटले मन शान्त हुनेछ।

धनु : दिन सहज छ। मन शान्त हुनेछ। सञ्चित धन खर्च गर्दा अनुत्पादक क्षेत्रमा जाने भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन सहज छ। साथीको सहयोग मिल्नेछ। सामाजिक काममा समय दिनु राम्रो हुनेछ। दान गरेर आनन्द मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुँदा दिन सुखमय हुनेछ। परिवारसँगै बसेर खानपानको अवसर बनाउन सकिन्छ।

कुम्भ : भाग्यको स्थानमा चन्द्रमा पुगेकाले दिन सहज बन्नेछ। स्वास्थ्यमा देखिएको समस्यामा सुधार आउनेछ। शिक्षामा प्रगति हुनेछ। परिवारले अविश्वास गर्ने खतरा रहेको छ। आज कुनै प्रेम सम्बन्ध अगाडि नबढाउनु नै राम्रो हुनेछ।

मीन : मुल त्रिकोणमा शुभग्रह भएकाले दिन सहज बन्नेछ। साथीको सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ५ : १० बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६