इजरायलको आक्रमणमा गाजामा ८४ जनाको मृत्यु « Khabarhub

इजरायलको आक्रमणमा गाजामा ८४ जनाको मृत्यु


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

प्यालेस्टाइन – गाजाको भवनमा इजरायलले गरेको दुई फरकफरक आक्रमणमा ५० बालबालिकासहित ८४ जनाको ज्यान गएको छ। अमेरिकाले त्यस क्षेत्रमा थप सैन्य सहयोग गरिरहेको छ। यसमा जल सेनाका लागि वार सीप, जेट विमान तथा लामो दुरी बम आक्रमण गर्ने सामग्री लगायत छन्।

अहिले लेबनानबाट इजरायलमा पनि आक्रमण भइरहेको इजरायली रक्षा मन्त्रालयले लेबनानमा ३ रकेट प्रहार भएको तथा अहिले पनि साइरन बजिरहेको जनाएको छ । यसैबिच मध्यपूर्वमा अमेरिकाले थप सेना पठाउने भएको छ। पेन्टागनले त्यहाँ रहेका आफ्ना नागरिकलाई जोगाउनका लागि थप सेना पठाउन लागेको जनाएको छ।

अहिले उत्तरी गाजामा युद्ध र बमवारिको कारण मात्र समस्या उत्पन्न भएको छैन। विभिन्न सङ्क्रामक रोगको जोखिम, पानी तथा खाद्यान्नको अभाव तथा अस्पतालको कमजोर स्वास्थ्य संयन्त्रका कारण त्यस क्षेत्रको अवस्था अझ धेरै दुरावस्थाको सम्भावना रहेको राष्ट्र संघले समेत जनाएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  १० : २१ बजे

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा