बरहथवा बजारमा आगलागीबाट तीन करोड बराबरको क्षति | Khabarhub Khabarhub

बरहथवा बजारमा आगलागीबाट तीन करोड बराबरको क्षति


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

रौतहट– सर्लाही जिल्लाको बरहथवा बजारमा शुक्रबार राति भएको भीषण आगलागीबाट तीन करोड बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ ।

स्थानीय किसुन दासको घरमा सञ्चालित विभिन्न व्यापारिक पसलमा आगलागी भएको हो, जसबाट दर्जनौं पसलमा ठूलो क्षति पुगेको छ ।

बरहथवा नगरपालिका-७ स्थित घटनास्थलमा नरेश साहले सञ्चालन गर्दै आएको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार तथा सरोज राउत कुर्मीको कपडा सिलाउने पसलमा व्यापक क्षति पुगेको प्रहरीले जनाएको छ ।

विशेषगरी साहको किराना पसलमा दशैं–तिहारको पर्वलाई मध्यनजर गर्दै धेरै सामानको भण्डारण गरिएकोले त्यहाँ बढी नोक्सानी भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गौतम थापाका अनुसार आगलागीबाट तीन करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

आगलागी राति करिब ११ः३० बजेतिर शुरु भएको थियो, जुन नियन्त्रणमा लिन दुई घण्टाभन्दा बढी समय लागेको थियो। स्थानीय बासिन्दा, सुरक्षाकर्मी र हरिवन नगरपालिकाको दमकलको सहयोगमा करिब राति २ बजेतिर मात्रै आगो नियन्त्रणमा लिन सकिएको थियो। स्थानीय र प्रहरीको समयमै प्रयास भए पनि तीव्र आगलागीका कारण क्षति रोक्न गाह्रो भएको थियो।

अहिलेसम्म आगलागीको कारण भने खुलेको छैन। स्थानीयका अनुसार सम्भवतः विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ, तर यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  १२ : ३८ बजे

पोखरामा निषेधाज्ञा जारी

गण्डकी– जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराका केही स्थानलाई निषेधित क्षेत्र

घाइतेहरूले भरिए काठमाडौँका अस्पताल, मृतकको संख्या बढेर नौ पुग्यो

काठमाडौँ– जेन-जीको नाममा सोमबारदेखि सुरू भएको प्रदर्शन उग्र र हिंसात्मक

इटहरीमा जेन-जीको प्रदर्शन : उपमहानगर अगाडिको भवन तोडफोड 

इटहरी– इटहरी उपमहानगरपालिका अगाडि प्रर्दशन गरिरहेका जेन-जीलाई प्रहरीले दमन गरेपछि जेन-जी

जेन-जीको आन्दोलन : अभियान छाडेर काठमाडौं फर्किँदै प्रचण्डसहितका नेता

काठमाडौं– काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शनले अवस्था तनावग्रस्त

जेन-जी आन्दोलनको इपिसेन्टर बानेश्वर (तस्बिरहरू)

काठमाडौं– जेन-जी प्रदर्शनकारीहरूले काठमाडौंको नयाँबानेश्वरस्थित विरोध प्रदर्शन गरिरहेका छन् ।