हिरासतबाट रविको प्रश्न- अर्को तीन वर्ष ओली-देउवाकै शासन चलाउँदा देशको हाल के होला ? « Khabarhub

हिरासतबाट रविको प्रश्न- अर्को तीन वर्ष ओली-देउवाकै शासन चलाउँदा देशको हाल के होला ?

स्वर्णिम भन्छन्- मनोबल उच्च रहेछ, किताब उपहार दिएँ


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले कात्तिक ३ गतेयता कास्की प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

उनले काठमाडौंबाट कास्की पुगेर सभापति लामिछानेलाई हिरासतमा भेट गरेको खुलाएका छन् ।

हिरासतमा रविसँगको भेटबारे जानकारी दिँदै वाग्लेले अहिलेसम्म लामिछानेलाई सहकारीभन्दा कम्पनी ऐनतर्फ लक्षित गरेर ८० वटा सामान्य प्रश्नको बयान लिइएको खुलाएका छन् ।

‘राजनीतिक प्रतिशोधका लागि अनावश्यक प्रहरी हिरासतमा राखिनुभएका रास्वपा सभापति रवि लामिछानेजीसँग हिजो साँझ भेट भयो’, उनले भने, ‘सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित ८० वटा सामान्य प्रश्नको बयान सकिएको, खासै नयाँ कुरा नआएको, र मनोबल उच्च रहेको पाएँ ।’

उनले सभापति लामिछानेको मनोबल उच्च रहेको पाएको पनि बताएका छन्। त्यस क्रममा लामिछानेले अझै पनि पुराना नेताको आसपासमा देश चल्दा बेहाल हुने बताएको वाग्लेले उल्लेख गरे ।

उनले अगाडि भनेका छन्, ‘अर्को तीन वर्ष ओली–राणा–देउवाकै सेरोफेरोमा शासन चल्दा देशको के बेहाल हुने होला ?’ रविजीले सोध्नु भएको छ।

लामिछानेको उक्त प्रश्नको जवाफमा फरिद जकारियाद्धारा लिखित नयाँ पुस्तक ‘एज अफ रिभोलुसन्स’ दिएको पनि वाग्लेले बताए ।

उनले तिहार र छठपछि सुशासनको बृहत्त एजेण्डामा नयाँ शक्तिहरु गोलबद्ध हुनुपर्ने आवश्यकता देखिएको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ३ : १३ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम