बोर्नमाउथसँग पराजित भएसँगै ३२ खेलमा सकियो सिटीको अपराजित यात्रा « Khabarhub

बोर्नमाउथसँग पराजित भएसँगै ३२ खेलमा सकियो सिटीको अपराजित यात्रा


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

लन्डन – इङ्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी बोर्नमाउथसँग स्तब्ध भएको छ।

बोर्नमाउथले सिटीलाई २-१ ले हरायो। बोर्नमाउउथका लागि एन्टेनियो सेभिन्यो र एभानिन्सनले गोल गरे। साबिक विजेता सिटीको बोर्नमाउथसँग यो पहिलो हार हो। साथै क्लबको इङ्लिस प्रिमियर सिपमा ३२ खेलको अपराजित यात्रा सकिएको छ।

यो लामो खेलको अपराजित यात्रा ६ डिसेम्बर २०२३ बाट सुरु भएको थियो। अस्टन भिल्ला र आर्सनलसँग गरी पछिल्लो दुई खेलमा ४ अङ्क जोडेको बोर्नमाउथ नवौँ मिनेटमा मिलोस कर्केजको पासमा सेमेन्योले गरेको गोलमा अग्रता लिन सफल भएको थियो।

कर्केजकै पासमा ६४ औँ मिनेटमा एभानिल्सनले अर्को गोल गरे। ८२ औँ मिनेटमा जोस्को डिभार्डियोलको गोलमा सिटी खेलमा फर्कने प्रयास गरे पनि सफल भएन। सिटी १० खेलमा २३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ।

इङ्लिस प्रिमियरसिपको शनिबार राति भएको अर्को खेलमा उल्भ्स क्रिस्टलप्यालेसले २-२ गोलको बराबरी खेलेका छन्।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ५ : ५९ बजे

अमेरिका लैजाने लोभ देखाएर ठगेको आरोपमा ‘तेल भिसा’का निर्माता पक्राउ

काठमाडौं – फिल्म निर्माता शिवराज कार्की प्रकाउ परेका छन् ।

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की पदबाट बाहिरिने अन्तिम तयारीमा छिन् ।

बाटोमा लत्रिएको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु

मकवानपुर–  बकैया गाउँपालिका-११ पिपलडाँडा लेक बस्ने ४२ वर्षीय ज्ञान बहादुर गोलेको

गण्डकीमाथि बागमती प्रदेशको शानदार जित

काठमाडौं– प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले

करिब १ सय ७१ किलो गाँजासहित गाडी चालक पक्राउ

मकवानपुर–  मनहरी गाउँपालिका-९ खरङगा हरियाली सामुदायिक जंगलको भित्री बाटोबाट अवैध लागूऔषध गाँजा