कोशीका पूर्वमन्त्री अधिकारीमाथि अनुसन्धान गर्न सात दिन म्याद थप « Khabarhub

कोशीका पूर्वमन्त्री अधिकारीमाथि अनुसन्धान गर्न सात दिन म्याद थप


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं – कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई सात दिनको म्याद थप गरेको छ ।

अधिकारीमाथि अवैध रूपमा नेपाली नागरिकलाई जापान पठाएको गिरोहसँग सङ्लग्नताको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतले थप अनुसन्धानका लागि हिरासतमा राख्न सात दिनको समय दिएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

यसअघि आइतबार दुई दिनको म्याद थप गरिएको थियो । अधिकारीलाई विराटनगरबाट पक्राउ गरी आइतबार काठमाडौँ ल्याइएको थियो । उहाँसँगै अन्य पाँच जना पनि सोही प्रकरणमा पक्राउ परेका प्रहरीले जानकारी दिएको छ ।

यही कात्तिक १३ गते जापान जाने क्रममा त्यहाँको विमानस्थलबाट अधिकारीसहितका व्यक्तिहरू फिर्ता भएका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ८ : ५४ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको