बाख्रो जोगाउँदा पल्टियो देउसे बोकेको पिकअप, १० जना घाइते | Khabarhub Khabarhub

बाख्रो जोगाउँदा पल्टियो देउसे बोकेको पिकअप, १० जना घाइते


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीमा देउसी खेल्ने टोली बोकेको गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

शुनिबार साँझ साढे ५ बजे नवलपरासीको सुस्ता गाउँपालिका–३ विगेपस्थित भित्री सडकमा गुडरियाबाट नर्सही जाँदै गरेको लु ३ च ६०३२ नम्बरको पिकअप गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

प्रहरीका अनुसार उक्त गाडीमा देउसी खेल्न हिँडेका २५ जना सवार थिए। सडकमा हिँडिरहेको बाख्रो जोगाउने क्रममा गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

घाइते सबै सुस्ता गाउँपालिका–२ गुदारियाका हुन्। १६ वर्षीया स्रृष्टि मुखिया, १९ वर्षीया मन्जु महतो, २१ वर्षीया रेखा महतो, २१ वर्षीय बैजनाथ गुप्ता, १४ वर्षीया लक्ष्मी मुखिया, १६ वर्षीया वर्षा मुखिया, १८ वर्षीया कविता मुखिया,  १५ वर्षीया तिल कुमारी मुखिया, २३ वर्षीय विवेक चौधरी र १३ वर्षीय इशान्त मुखिया घाइते छन्।

गाडी चकलाई नियन्त्रणमा लिएर घाइतेलाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  १ : ३८ बजे

धरती र जीवन दुवैमा शान्ति छाओस् : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गरेका

सोटो नेपालको अध्यक्षमा शाही चयन

काठमाडौं– नेपालका ट्राभल तथा टुर अपरेटरहरूकाे साझा संस्था सोसाइटी अफ

प्रधानमन्त्रीकै निर्देशनमा त्रिवि सिनेट बैठक स्थगित भएकोमा कांग्रेस असन्तुष्ट

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको प्रति नेपाली कांग्रेसका

उत्कृष्ट इञ्जिनियरलाई पुरस्कृत गरिँदै, आवेदन दिन आज अन्तिम दिन 

काठमाडौं– नेपाल इन्जिनियर्स एशोसिएसनले ६३औँ इन्जिनियर दिवस विविध कार्यक्रमसहित साउन

प्रि ओप सेसन : चार अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल