बारको नयाँ नेतृत्वका लागि चुनावी अभियान शुरु « Khabarhub

बारको नयाँ नेतृत्वका लागि चुनावी अभियान शुरु


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि बृहत लोकतान्त्रिक समूहकोतर्फबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारले चुनावी अभियान शुरु गरेका छन् ।  लोकतन्त्रवादी कानून व्यवसायीको सङ्गठन डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए)को तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेल नेतृत्वको समूहले लोकतन्त्रको रक्षा र विकासका लागि लोकतान्त्रिक समूह नै विजयी हुनुपर्ने दाबीसहित चुनावी अभियान शुरु गरेको हो ।

डिएलएका उम्मेदवारले विहीबार काठमाडौंमा कार्यक्रम गरेको र शुक्रबारदेखि नै देशव्यापी दौडाहमा निस्कन लागेको जानकारी दिएका हुन् । कार्यक्रममा अध्यक्षका उम्मेदवार पोखरेलले लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, विधिको शासन, भ्रष्टाचार तथा राजनीतिक हस्तक्षेपमुक्त न्यायपालिका लगायतका विषयमा प्राथमिकताका साथ काम गर्ने बताए । बारका पूर्वमहासचिवसमेत रहेका पोखरेलले विगतमा आफूले पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको र आफ्नो अहिलेको समूह सबै दृष्टिकोणले सन्तुलित, समावेशी र प्रतिनिधिमूलक भएकाले मतदाताले विजयी गराउने विश्वास व्यक्त गरे ।

कानून व्यवसायीको छाता सङ्गठनका रुपमा रहेको नेपाल बार एशोसिएसनमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, सबै प्रदेशबाट एक÷एक जना र एक महिला गरी आठ उपाध्यक्ष तथा अन्य १४ जना सदस्यसहित २५ सदस्यीय कार्यसमिति निर्वाचित हुने व्यवस्था छ ।

आगामी चैत्र १६ गते शनिबार देशभरी हुने निर्वाचनका लागि गत सोमबार ६ गते उम्मेदवारी दर्ता भइसकेको छ । निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट कानून व्यवसायीको सङ्गठन नेपाल लयर्स एशोसिएशन (एनएलए)को तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ नेतृत्वको समूहले पनि उम्मेदवारी दर्ता गरेको छ । अध्यक्षमा पोखरेल र श्रेष्ठसहित नौ जनाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ११ : ०० बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा