पाकिस्तान सरकारले सुरक्षा दिन नसकेको भन्दै प्रदर्शन | Khabarhub Khabarhub

पाकिस्तान सरकारले सुरक्षा दिन नसकेको भन्दै प्रदर्शन


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सरकारले सुरक्षाको प्रत्याभूति गर्न नसकेको भन्दै पाकिस्तानको बलुचिस्तान प्रान्तमा प्रदर्शनको आयोजना गरिएको छ । स्थानीय फिदा हुसेनको हत्यापछि बलुचिस्तानको बुलेदा क्षेत्रमा प्रदर्शन गरिएको हो ।

बुलेदामा आयोजित प्रदर्शनमा बुलेदासहित मेनाज, सालो, चुब कोश्कलगायतका स्थानबाट समेत मानिसहरू सहभागी रहेको जनाइएको छ । बैंक लुट्ने क्रममा बन्दुधकारीले सुरक्षा गार्डका रुपमा कार्यरत हुसेनको हत्या गरेका थिए । सो क्षेत्रमा बारम्बार हिंसात्मक घटना हुने गरको बलुचिस्तान पोस्टले जनाएको छ ।

सो क्षेत्रमा सरकारी सुरक्षा बलकै आडमा हतियारधारी समूहले हिंसात्मक गतिविधि गर्ने गरेको आरोप लाग्ने गरेको छ । बलोच पहिचान र अस्तित्व मेटाउन सरकारले संस्थागत रूपमै हिंसालाई प्रश्रय दिएको बलोचहरुको हकहितका लागि काम गर्दै आएको बलोच एकजेती कमिटिले आरोप लगाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  २ : ४७ बजे

२३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुई दिनमा झण्डै २३ लाख

बाँकेको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन तयार

बाँके– नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा

दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति

मधेश सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई अध्यक्ष लिङ्देनको निर्देशन

काठमाडौं– मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक होटेलमा बसेर

संसद् पुनःस्थापनाबारे कांग्रेसभित्र मतभेद

काठमाडौं– नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा मतभेद चर्किएको छ ।