ठगी गरेर प्रेमी सुजनसँगै फरार बिनु कम्बोडियामा पक्राउ, नेपाल ल्याइयो « Khabarhub

ठगी गरेर प्रेमी सुजनसँगै फरार बिनु कम्बोडियामा पक्राउ, नेपाल ल्याइयो


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफूलाई पत्रकार बताउने सुजन आचार्य पक्राउ परेका डेढ सातापछि उनकी प्रेमिकालाई पनि प्रहरीले कम्बोडियाबाट नेपाल ल्याएको छ।

एक पटक लुटपाट अभियोगमा पक्राउ परेर जेल पुगिसकेका सुजनलाई गत कात्तिक ९ मै इन्टरपोलको सहयोगमा कम्बोडियाबाट ल्याइसकेको अवस्थामा उनकी प्रेमिका प्रहरीको फन्दामा परेकी हुन् ।

यी दुवैजनाविरूद्ध वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । सुजन उदयपुरको त्रियुगा नगरपालिका–१० निवासी हुन् भने बिनु सिन्धुपाल्चोकको मान्खा निवासी हुन् । उनी बेली डान्सरका रुपमा कुनै बेला चर्चिच थिइन् ।

यी दुवैजनालाई इन्टरपोल र कम्बोडिया प्रहरीको समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको हो ।

वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनेर सुजनले ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगेर विदेशतिर लुकेका थिए । ठगीमा उनलाई बिनुले पनि साथ दिएकी थिइन् ।

सुनजपछि बिनुलाई कम्बोडियाको नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) नोहम्पेनको समन्वयमा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनलाई कम्बोडियाबाट आइतबार नेपाल फिर्ता ल्याइएको हो । बिनुलाई पनि सुजलाई जस्तै वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरेको आरोप छ।

उनीहरू दुवै जनालाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्न प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागअन्तर्गत इन्टरपोल शाखामा अनुरोध भएको थियो। त्यसपछि २०८० माघ १९ गते रेड नोटिस जारी भएको थियो ।

सुजन र बिनु दुवैजनालाई असोज १ गते कम्बोडियाबाट पक्राउ गरिएको थियो। सुजनलाई कात्तिक ९ गते नेपाल फिर्ता ल्याइसकिएको छ ।

बिनुलाई सम्बन्धित कसुरमा कानुनबमोजिम कारबाही गराउन प्रहरी वृत्त, कालिमाटीमा बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ६ : ३० बजे

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर

संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना

एजेन्सी– यातना सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्व प्रधानमन्त्रीकी