पुटिन र अफ्रिकी देशका विदेशमन्त्रीबीच किन हुँदैछ बैठक ? « Khabarhub

पुटिन र अफ्रिकी देशका विदेशमन्त्रीबीच किन हुँदैछ बैठक ?


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अफ्रिकी मुलुकका विदेशमन्त्रीहरूसँग आज (शनिबार) देखि दुई दिने बैठक बस्दैछन्‌ । पुटिनले अफ्रिकाका सबै विदेशमन्त्रीलाई रूसी शहर सोचीमा बोलाएका हुन्‌ ।

सोचीको रूसी ब्लकमा सी रिसोर्टमा हुँदै गरेको बैठकको उद्देश्य मस्कोसँग राजनीतिक, आर्थिक र सुरक्षा सम्बन्ध विस्तार गर्ने तथा अफ्रिकी क्षेत्रमा पश्चिमी प्रभावविरुद्ध लड्नु रहेको बताइएको छ ।

रूसी राष्ट्रपति पुटिनले पनि अफ्रिकामा आफ्नो प्रभाव बढाउन केही देशमा परमाणु ऊर्जा स्टेशन बनाइदिने आश्वासन दिएका छन्‌ ।

‘सैन्य कू’ पश्चात्‌ अफ्रिकाका नाइजर, माली र बुर्किना फासोका सैनिक शासकहरूले फ्रान्ससँग सम्बन्ध तोडेका छन्‌ । ती शासकहरूले आवश्यक सुरक्षा सहायताका लागि रूसलाई आग्रह गर्ने गरेका छन्‌ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  १ : ३७ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर