लामिछानेलाई कास्की अदालत लगियो, जिरो किलोमा समर्थकको सभा « Khabarhub

लामिछानेलाई कास्की अदालत लगियो, जिरो किलोमा समर्थकको सभा


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

पोखरा– सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीलाई पुनः म्याद थपका लागि कास्की जिल्ला अदालतमा लगिएको छ । 

लामिछानेलाई कास्की जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको गाडीमा राखेर जिल्ला अदालत लगिएको हो ।

कास्की प्रहरीले अनुसन्धानका लागि आज तेस्रो पटक म्याद थपको अनुमति माग्दै छ । अदालतबाट दोस्रो पटक पाएको म्याद कात्तिक १४ गते नै सकिएको थियो । यसबीचमा तिहार बिदा परेका कारण उनलाई आज अदालतमा उपस्थित गराइएको हो ।

लामिछाने सहकारीको रकम अपचलन र सङ्गठित अपराधमा गत कात्तिक २ गते पक्राउ परेका थिए । प्रहरीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा एक साथ अनुसन्धान गरिरहेको छ।

यसैबीच, रास्वपाले आज सभापति लामिछानेको रिहाइको माग गर्दै प्रदर्शन गरेको छ । रास्वपा नेता दीपक बोहराका अनुसार अहिले पोखराको जिरो किलोस्थित घन्टी घरमा रविका समर्थकले वृहत खबरदारी सभा गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्की र सशस्त्र प्रहरीले सो क्षेत्रलाई कडा रूपमा सुरक्षा निगरानी गरिरहेको छ। 

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १० : ४१ बजे

बजारले पत्याएन बालेन सरकारलाई, नेप्से एकैदिन ७१ अंकले ओरालोतिर

काठमाडौं– नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज नेपाल

 पत्नीको खुट्टा काट्ने पति पक्राउ

वीरगञ्ज– जिल्ला प्रहरी कार्यालयले अमानवीय ढङ्गले हातखुट्टा बाँधेर पत्नीको खुट्टा

बालेनको शासकीय सुधार योजनाले बद्लिन सक्छ निजीक्षेत्र

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले निजी क्षेत्रलाई पारदर्शी बनाउँदै

ओलीलाई पक्राउ गरेको विरोधमा आज पनि पोखरामा विरोध प्रदर्शन (तस्बिरहरू)

पोखरा– पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

शोभा पाठकले महेश बस्नेतविरुद्ध दिइन् प्रहरीमा अर्को निवेदन

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै