काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीलाई वडा तहदेखि नै क्रियाशील बनाउनुपर्ने बताएका छन् ।
काठमाडौं क्षेत्र न .२ को सय दिने अभियान अन्तर्गतको बैठकमा उनले वडा तहदेखि पार्टीलाई क्रियाशील बनाउनुपर्ने कुरालाई जोड दिएका हुन् ।
उनले भने, ‘पुराना पार्टीप्रति नागरिकमा असन्तुष्टि बढ्दै गइरहेको अवस्थामा पार्टीले नागरिकको समस्यालाई मध्यनजर गर्दै जानुपर्छ ।’
त्यस्तै बैठकमा काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँले सय दिनको अभियान सफल पार्न सबै तहले क्रियाशील भएर लाग्न आग्रह गरेका छन् ।
प्रतिक्रिया