गर्भवतीको हेलिकप्टरमार्फत उद्धार « Khabarhub

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ चेपुवाबाट एक जना गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । भोटखोला–२ चेपुवाकी गर्भवती ३५ वर्षीया जीवनकुमारी राईलाई आज राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो ।

अठार घण्टा लामो प्रसूति ब्यथा लागेर चेपुवा स्वास्थ्यचौकी भर्ना हुनुभएकी ३५ वर्षीया राईलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाका पब्लिक हेल्थ नर्स भवानी तिम्सिनाले जानकारी दिए ।

सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरेको छ । यातायातको पहुँच नपुगेको उत्तरी क्षेत्र भोटखोला भौगोलिक रुपमा निकै विकट मानिन्छ । प्रसूति ब्यथा लागेकी राईको स्वास्थ्य अवस्था जटिल हुँदै गएका कारण थप उपचारका लागि हवाई उद्धारमार्फत काठमाडौँ पठाइएको पब्लिक हेल्थ नर्स तिम्सिनाले बताए ।

जिल्लामा पछिल्लो समय गर्भवती तथा सुत्केरीको उद्धार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । दुर्गम क्षेत्रका जटिल प्रकारका सुत्केरी तथा गर्भवतीका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई उद्धार प्रभावकारी देखिएको छ ।

भौगोलिक विकटताका कारण नजिकमा बर्थिङ सेन्टर र स्वास्थ्य चौकीमा शल्यक्रियासहितको प्रसूति सेवा छैन । विशेषज्ञ चिकित्सक र पर्याप्त पूर्वाधारको अभावका कारण दुर्गममा भरपर्दो प्रसूति सेवा छैन । जिल्लामा गम्भीर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचार हुँदैन ।

गर्भवती तथा सुत्केरी जटिलताका लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत विसं २०७७ देखि हालसम्म २० जना बढी सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ । उद्धार गरिएका १७ वर्षदेखि ३६ वर्ष उमेर समूहका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ९ : ५३ बजे

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट