छठका लागि भारतबाट ५० लाखका केरा आयात | Khabarhub Khabarhub

छठका लागि भारतबाट ५० लाखका केरा आयात


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको जलेश्वरमा छठपर्वमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले भारतबाट ५० लाख रुपैयाँ बराबरका केरा भित्र्याएका छन् ।

आज जलेश्वरमा लाग्ने अन्तिम हाटबजारमा ५० लाख रुपैयाँको केरा ल्याइएको व्यवसायी गणेश साहले बताए । पहिलेपहिले २०–२५ लाखसम्मको केरा ल्याइने गरिएकामा यस वर्ष ५० लाखको केरा ल्याइएको अर्का व्यवसायी उत्तिम साहले बताए ।

जलेश्वरमा केरा व्यवसाय गर्दै आएका पाँच–सातजना व्यापारीले सामूहिक रूपमै यसपालि २५ ट्रक केरा मगाएका छन् । उनीहरूले उक्त ट्रकलाई आपसमा आफूले गरेको लगानीका आधारमा बाँडेर बेच्ने गरेका छन् ।

विगत वर्षहरूमा १५ देखि २० ट्रकमात्र केरा आउने गरेको जलेश्वरमा यस वर्ष ४० ट्रक केरा भित्रिएको छ ।

ग्रामीण क्षेत्रबाट बसाइँसराइ र आन्तरिक रूपमै पनि जलेश्वरमा दिनकै बढ्दै गरेको जनसंख्यालाई मध्यनजर गर्दै यसपालि स्थानीय केरा व्यापारीले ५० लाखको केरा ल्याएको र सबै बिक्री हुने दाबी गरेका छन् ।

जलेश्वर बजारमा यसपालि केरा प्रतिघार छ–सात सयदेखि एक हजार, १५ सयसम्म बिक्री भइरहेको छ ।

बजारमा ल्याइएका गोपाल, मालभोग, वंशीभोग र मृचमान प्रजातिका केराहरु छन् । जलेश्वर नगरपालिकाको १२ वडालगायत वरपरका अन्य पालिकाका बर्तालु पनि जलेश्वर बजारमा केरा किन्न बिहानैदेखि बजार आएका छन् ।

 

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ९ : ५४ बजे

नेपालमा डेङ्गी सङ्क्रमण घट्दै

काठमाडौं– नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा

इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा रक्षामन्त्री ग्यालन्टलाई बर्खास्त

एजेन्सी– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना रक्षामन्त्री याओव ग्यालन्टलाई विश्वास

कार्यकर्तालाई सम्बोधनमा ट्रम्पले गरे इलोन मस्कको प्रशंसा

वासिङ्टन- अमेरिकी राष्ट्रपति चुनावमा जीतनजिक पुगेपछि डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीका

खाद्य व्यवस्था कम्पनीले गर्‍यो चामल उत्पादन सुरु

जनकपुरधाम– सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड

दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते

मलेखु – पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा