तिहारमा ५० करोड बराबरको फूल बिक्री | Khabarhub Khabarhub

तिहारमा ५० करोड बराबरको फूल बिक्री


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको तिहारमा ५० करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको छ । फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार सबैभन्दा धेरै काठमाडौं उपत्यकामा खपत भएको छ ।

गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको हो । यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको एक सय रुपैयाँ तिर्नुपरेको थियो ।

काठमाडौं महानगरपालिका (कामपा)ले फूल बिक्रीस्थल तोकेका कारण यस वर्ष सहज भएको उनको भनाइ छ । यस वर्ष कामपाले नेपाली फूल किसानलाई फूल बेच्न ४६ स्थान तोकेको थियो ।

बजारको माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ । विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष बादेले बताए ।

काठमाडौं उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएको छ ।

व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको उनले जानकारी दिए ।

पुष्पखेतीबाट ४४ हजारभन्दा बढी लाभान्वित भएका छन् भने दुई सय २१ हेक्टरमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १० : ११ बजे

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं–  धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन्। सोमबार

अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही

काठमाडौं – अपुष्ट र भ्रमपूर्ण सामग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण  

राजविराज – केही वर्ष अघिसम्म सरकारी विद्यालय भन्ने बित्तिकै विद्यार्थी

अस्पताल थप्ने भन्दा भएकालाई राम्रोसँग चलाऔं : स्वास्थ्यमन्त्री

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रथम त्रैमासिकको समीक्षा तथा

अर्थसंक्षेप : नेप्सेमा दोहोरो अंकको वृद्धि, सुनको मूल्य एकैदिन १६ हजारले घट्यो

काठमाडौं– नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा भारी गिरावट