कार्यकर्तालाई सम्बोधनमा ट्रम्पले गरे इलोन मस्कको प्रशंसा « Khabarhub

कार्यकर्तालाई सम्बोधनमा ट्रम्पले गरे इलोन मस्कको प्रशंसा

भने : हामी मिलेर अमेरिकालाई फेरि महान बनाउँछौँ


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति चुनावमा जीतनजिक पुगेपछि डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीका समर्थकहरूलाई  सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा आफ्नो परिवारका सदस्यप्रति आभार व्यक्त गरेका छन् ।

उनले चुनावमा आफ्ना लागि काम गर्नेहरूको मिहिनेत सम्झिँदै उनीहरूसँग पनि आभार व्यक्त गरेका छन् । यसैबीच उनले खर्बपति साथी इलोन मस्कको पनि नाम लिँदै खुसी व्यक्त गरेका छन् ।

ट्रम्पले सम्बोधनका क्रममा इलोन मस्कलाई आफूले माया गर्ने बताए । उनको समर्थनका लागि ट्रम्पले आभार व्यक्त गरे । ट्रम्पले मस्कको सञ्चार व्यवस्था स्टारलिङ्कलाई पनि सम्झिएका छन् ।

उनले त्यसक्रममा नर्थ क्रोयालाइनामा बाढी प्रभावितलाई मद्दतसँग जोडिएको कथा पनि त्यसक्रममा सुनाए । ट्रम्पले मस्कका कारण नै नर्थ क्यारोलाइनामा रिपब्लिकन पार्टीलाई जीत मिलेको दाबी गरे ।

ट्रम्पले समर्थकलाई सम्बोधनका क्रममा यस्तो जोश र उत्सव आफूले कहिल्यै नदेखेको पनि बताएका छन् । ट्रम्पले यस समयलाई शानदार भनेका छन् ।

‘मेरो जीत हरेक अमेरिकीको जीत हो। हामी अमेरिकालाई फेरि महान बनाउँछौँ । सबै स्विङ स्टेट पनि हाम्रो साथमा छन् । अब मेरो हर समय अमेरिकाका लागि हुनेछ । हामी मिलेर अमेरिकाको भविष्यका लागि काम गर्ने छौँ । यो जीत ऐतिहासिक र अविश्वसनीय रह्यो। अमेरिकाले मलाई अभूतपूर्व जनादेश दियो ।’

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १ : ४६ बजे

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग

लुम्बिनीमा सरकार बनाउन ओली-प्रचण्ड दुई बुँदे सहमति, मोहनविक्रम पनि मिसिए

काठमाडौं- लुम्बिनी प्रदेशमा सरकार बनाउन नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीसँगै

चान–होम चक्रवात पूर्वी जापानमा अवतरण

एजेन्सी– पश्चिमतर्फ सर्दै गरेको चान–होम चक्रवात पूर्वी जापानी प्रान्त इबाराकीमा

सकारबारे सुरेश आलेको कटाक्ष : ‘एक्स्प्रेस गाडी’का चालकले गाँजा-भाङ खाएको भए दुर्घटनामा पर्न सक्छ

काठमाडौं- राष्ट्रिय सभाका सदस्य सुरेश आले मगरले वालेन्द्र शाह नेतृत्वको