अमेरिकामा डोनाल्ड ट्रम्प विजयी भएको औपचारिक घोषणा « Khabarhub

अमेरिकामा डोनाल्ड ट्रम्प विजयी भएको औपचारिक घोषणा


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकामा रिपब्लिकन उम्देवार डोनाल्ड ट्रम्पको जितको औपचारिक घोषणा भएको छ।

समाचार एजेन्सी एपीका अनुसार अधिकांश राज्यको मतगणना सकिएको छ । त्यहीकारण रिपब्लिकनका प्रत्यासी ट्रम्पलाई विजेता घोषित गरिएको हो ।

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले बहुमत हासिल गर्ने क्रममा २७९ इलेक्टोरल कलेज भोट मिलेको छ। उनीसँग पराजित डेमोक्रेटिककी उम्देवार कमला ह्यारिसले २१९ मात्रै इलेक्टोरल कलेज भोट लिन सफल भइन् । उनी जो बाइडेन नेतृत्वको प्रशासनमा उपराष्ट्रपति थिइन् ।

ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेट्समा जित निकालेका छन् । यिनमा जर्जिया, नर्थ क्यारोलाइना, भिस्कान्सिन र पेन्सिलभेनिया रहेका छन् ।

अमेरिकामा कूल ५३८ इलेक्टोरल कलेज भोट छन् । सिनेटमा १०० र हाउस अफ रिप्रिजेन्टेटिभका ४३८ मध्ये बहुमतका लागि २७० मत आवश्यक हुन्छ ।

स्विङ स्टेटमध्ये जर्जिया र नर्थ क्यारोलाइनामा १८-१६ इलेक्टोरल भोट छन्। पेन्सिलभेनियामा सबैभन्दा धेरै १८ इलेक्टोरल कलेज भोट छन् ।

बाँकी तीन स्विङ स्टेट नेभाडा, मिशिगन र एरिजोनाको मतपरिणाम भने कमला ह्यारिसको पक्षमा गएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ५ : ०१ बजे

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा