अमेरिकामा डोनाल्ड ट्रम्प विजयी भएको औपचारिक घोषणा « Khabarhub

अमेरिकामा डोनाल्ड ट्रम्प विजयी भएको औपचारिक घोषणा


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकामा रिपब्लिकन उम्देवार डोनाल्ड ट्रम्पको जितको औपचारिक घोषणा भएको छ।

समाचार एजेन्सी एपीका अनुसार अधिकांश राज्यको मतगणना सकिएको छ । त्यहीकारण रिपब्लिकनका प्रत्यासी ट्रम्पलाई विजेता घोषित गरिएको हो ।

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले बहुमत हासिल गर्ने क्रममा २७९ इलेक्टोरल कलेज भोट मिलेको छ। उनीसँग पराजित डेमोक्रेटिककी उम्देवार कमला ह्यारिसले २१९ मात्रै इलेक्टोरल कलेज भोट लिन सफल भइन् । उनी जो बाइडेन नेतृत्वको प्रशासनमा उपराष्ट्रपति थिइन् ।

ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेट्समा जित निकालेका छन् । यिनमा जर्जिया, नर्थ क्यारोलाइना, भिस्कान्सिन र पेन्सिलभेनिया रहेका छन् ।

अमेरिकामा कूल ५३८ इलेक्टोरल कलेज भोट छन् । सिनेटमा १०० र हाउस अफ रिप्रिजेन्टेटिभका ४३८ मध्ये बहुमतका लागि २७० मत आवश्यक हुन्छ ।

स्विङ स्टेटमध्ये जर्जिया र नर्थ क्यारोलाइनामा १८-१६ इलेक्टोरल भोट छन्। पेन्सिलभेनियामा सबैभन्दा धेरै १८ इलेक्टोरल कलेज भोट छन् ।

बाँकी तीन स्विङ स्टेट नेभाडा, मिशिगन र एरिजोनाको मतपरिणाम भने कमला ह्यारिसको पक्षमा गएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ५ : ०१ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका