विश्वकपको एसिया छनोटमा नेपालसंग थाइल्यान्ड ६७ रनले पराजित « Khabarhub

विश्वकपको एसिया छनोटमा नेपालसंग थाइल्यान्ड ६७ रनले पराजित


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौं आईसीसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । 

संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको उद्‌घाटन खेलमा सुखद सुरुआत गरेको हो । 

नेपालले प्रस्तुत गरेको एक सय तीन रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनमै समेटियो । थाइल्यान्डका लागि अपिसरा सुवान्चोरथीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि रचनाकुमारी चौधरी एक्लैले चार विकेट लिइन् भने कप्तान पूजा महतो र रिया शर्माले समान दुई-दुई  विकेट लिए । त्यसैगरी  करिश्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले समान एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय दुई रनको योगफल तयार पारेको थियो । नेपालका लागि पूजा महतोले सर्वाधिक ३५ रनको योगदान दिइन् । उनले ४० बलमा तीन चौका र एक छक्काको मद्दतले ३५ रन जोडेकी हुन् । यसैगरी सीमाना केसी र सोनी पाख्रिनले समान १९-१९ रन बनाए ।

थाइल्यान्डका लागि चारुकन साइमाले दुई तथा सुनिसा बोङ्कोडफोंगम्पाईले एक विकेट लिइन् । यही कात्तिक २९ गतेसम्म चल्ने उक्त प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् ।

 सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ । नेपालले भोलि आफ्नो दोस्रो खेल कुवेतसँग खेल्नेछ । विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ७ : ०४ बजे

कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

दमौली– नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

‘अन्तर्राष्ट्रिय साझेदारीमा बन्ने आयोजनामा स्थानीय सरकारलाई निर्णायक भूमिकामा राख्नुपर्छ’

काठमाडौं– काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तर्राष्ट्रिय साझेदारी र लगानीमा

सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए

भद्रपुर– ‘छोरा, आज त अनुहार निकै हँसिलो देखिन्छ नि ।

थाइल्याण्ड-कम्बोडिया सीमा विवाद : हवाई आक्रमण जारी

एजेन्सी– कम्बोडियाली रक्षा मन्त्रालयका अनुसार थाइल्याण्डको सेनाले शनिबार बिहान दुईवटा

तत्काल काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

तनहुँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम