पोखरा महानगरको निर्णयमा लोकसेवाको अंकुश, एक सय २९ कर्मचारीको स्थायी नियुक्ति बदर « Khabarhub

पोखरा महानगरको निर्णयमा लोकसेवाको अंकुश, एक सय २९ कर्मचारीको स्थायी नियुक्ति बदर


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेश लोकसेवा आयोगले पोखरा महानगरपालिकाले स्थायी नियुक्ति दिएका एक सय २९ जना कर्मचारीको नियुक्ति बदर गरिदिएको छ ।

प्रदेश लोक सेवा आयोगको सहमतिबिना गरिएका सबै नियुक्ति गत कात्तिक १४ गतेको मितिमा खारेजीमा परेका हुन् ।

महानगरमा लामो सयदेखि कार्यरत १२९ जना कर्मचारीलाई आन्तरिक प्रक्रिया पुर्‍याएर स्थायी गरिएको थियो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको संयोजकत्वमा पदपूर्ति समिति बनाएर आन्तरिक प्रतिस्पर्धाका आधारमा ती कर्मचारीलाई स्थायी नियुक्ति दिइएको थियो । अहिले पोखरा महानगरको प्रमुख प्रशासकीय अधिकृतमा शिवराज चौलागाईं छन् ।

महानगरको यो कदमले प्रदेशभरका अन्य स्थानीय तहका कर्मचारीको सरुवा-बढुवामै असर परेको ठहरसहित आयोगले खारेज गरिदिएको हो।

ती कर्मचारीको स्थायी नियुक्ति प्रक्रियामा प्रश्न उठेपछि प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा सरुवा भएका छन् । थापा तनहुँको प्रमुख जिल्ला अधिकारी भएर गएका छन् ।

सर्वोच्च अदालतले १९ कर्मचारीलाई स्थायी गर्ने गरी बाटो खोलेर आदेश दिएको थियो । तर महानगरले सर्वोच्चको त्यही आदेशको बहानामा १२९ जना कर्मचारीलाई स्थायी गरेको थियो । स्थायी भएकामा २० वर्षभन्दा बढी काम गरेका कर्मचारी पनि थिए ।

आयोगले यसबारेमा भनेको छ, ‘आन्तरिक प्रतिस्पर्धाका नाममा कर्मचारी नियुक्ति गर्दा प्रदेशभित्रका स्थानीय तहमा कार्यरत कर्मचारीको सरुवा-बढुवा लगायत वृत्ति विकासको अवसरबाटै वञ्चित गराइएको देखियो । नेपालको संविधानले परिकल्पना गरेको समावेशितायुक्त प्रतिनिधिमूलक सार्वजनिक प्रशासनको भावनाविपरीत समावेशिताको अवसरबाट वञ्चित गराइएको पाइयो ।’

लोकसेवाले स्थानीय तहबाट यसो गरिँदा योग्यता प्रणालीमा प्रत्यक्ष प्रभाव पर्ने, खुला प्रतिस्पर्धात्मक परीक्षाका लागि उम्मेदवारहरूले अवसर नपाउनेसमेत बताउँदै महानगरको निर्णय बदर गरिएको जानकारी दिएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ८ : १८ बजे

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज