पोखरा महानगरको निर्णयमा लोकसेवाको अंकुश, एक सय २९ कर्मचारीको स्थायी नियुक्ति बदर | Khabarhub Khabarhub

पोखरा महानगरको निर्णयमा लोकसेवाको अंकुश, एक सय २९ कर्मचारीको स्थायी नियुक्ति बदर


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेश लोकसेवा आयोगले पोखरा महानगरपालिकाले स्थायी नियुक्ति दिएका एक सय २९ जना कर्मचारीको नियुक्ति बदर गरिदिएको छ ।

प्रदेश लोक सेवा आयोगको सहमतिबिना गरिएका सबै नियुक्ति गत कात्तिक १४ गतेको मितिमा खारेजीमा परेका हुन् ।

महानगरमा लामो सयदेखि कार्यरत १२९ जना कर्मचारीलाई आन्तरिक प्रक्रिया पुर्‍याएर स्थायी गरिएको थियो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको संयोजकत्वमा पदपूर्ति समिति बनाएर आन्तरिक प्रतिस्पर्धाका आधारमा ती कर्मचारीलाई स्थायी नियुक्ति दिइएको थियो । अहिले पोखरा महानगरको प्रमुख प्रशासकीय अधिकृतमा शिवराज चौलागाईं छन् ।

महानगरको यो कदमले प्रदेशभरका अन्य स्थानीय तहका कर्मचारीको सरुवा-बढुवामै असर परेको ठहरसहित आयोगले खारेज गरिदिएको हो।

ती कर्मचारीको स्थायी नियुक्ति प्रक्रियामा प्रश्न उठेपछि प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा सरुवा भएका छन् । थापा तनहुँको प्रमुख जिल्ला अधिकारी भएर गएका छन् ।

सर्वोच्च अदालतले १९ कर्मचारीलाई स्थायी गर्ने गरी बाटो खोलेर आदेश दिएको थियो । तर महानगरले सर्वोच्चको त्यही आदेशको बहानामा १२९ जना कर्मचारीलाई स्थायी गरेको थियो । स्थायी भएकामा २० वर्षभन्दा बढी काम गरेका कर्मचारी पनि थिए ।

आयोगले यसबारेमा भनेको छ, ‘आन्तरिक प्रतिस्पर्धाका नाममा कर्मचारी नियुक्ति गर्दा प्रदेशभित्रका स्थानीय तहमा कार्यरत कर्मचारीको सरुवा-बढुवा लगायत वृत्ति विकासको अवसरबाटै वञ्चित गराइएको देखियो । नेपालको संविधानले परिकल्पना गरेको समावेशितायुक्त प्रतिनिधिमूलक सार्वजनिक प्रशासनको भावनाविपरीत समावेशिताको अवसरबाट वञ्चित गराइएको पाइयो ।’

लोकसेवाले स्थानीय तहबाट यसो गरिँदा योग्यता प्रणालीमा प्रत्यक्ष प्रभाव पर्ने, खुला प्रतिस्पर्धात्मक परीक्षाका लागि उम्मेदवारहरूले अवसर नपाउनेसमेत बताउँदै महानगरको निर्णय बदर गरिएको जानकारी दिएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ८ : १८ बजे

परराष्ट्रमन्त्रीले भनिन्- हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरमाथा संवाद सफल

काठमाडौ– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि

गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु

गाजा सिटी- इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि

‘जलवायु सङ्कट समाधानमा साझा समझदारीमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई अझ मजबुत बनाउन सकिन्छ’

काठमाडौ– नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले साझा समझदारीमार्फत अन्तर्राष्ट्रिय

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काभ्रेपलाञ्चोक– बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाँडामा ३० फिट

प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरुले जलवायु परवर्तनको असर रोक्न