छठ पर्वले समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिलोस् : प्रचण्ड | Khabarhub Khabarhub

छठ पर्वले समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिलोस् : प्रचण्ड


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको तराई–मधेशमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराईवासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

पर्वका अवसरमा अध्यक्ष प्रचण्डले आज एक शुभकामना सन्देश जारी गर्दै छठ पर्वले चुनौतीहरूलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार भर्न, राष्ट्रलाई एकताबद्ध तुल्याउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको बाटोमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

नेपालका विविध संस्कृति र पर्वहरू क्रमशः सम्पूर्ण नेपालीका साझा संस्कृति र परम्परा बन्दै गएको उल्लेख गर्दै उनले छठ पर्व पनि सम्पूर्ण नेपालीहरूकै आम पर्वको रूपमा मनाउन थालिएको जनाएका छन् ।

उनले छठ पर्व प्रकृति र मानव जीवनबीच जीवन्त व्यवहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा रहेको बताएका छन् । 

मानव जीवन कृषि युगमा प्रवेश गरेपछि उत्पादित कृषिजन्य उपज र परिकारहरूको खुसियाली एवं कृषि युगको निरन्तरताको प्रतीकका रूपमा सूर्यको आराधना गरी छठ पर्वको परम्परा सुरुवात भएको सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  १० : ०३ बजे

गाजामा पोलियो खोप अभियान सम्पन्न 

रोम– जारी युद्धको बावजुद गाजामा पोलियो खोप अभियान पूरा भएको

यु–१९ महिला टि–२० विश्वकप : नेपालद्वारा एक सय ३१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– आईसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा

तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोग

खाँदबारी – सङ्खुवासभा सदरमुकाम खाँदबारीमा समुदायद्वारा सञ्चालित तेजरत्न आँखा उपचार

अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने

सिड्नी– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटकजस्ता सामाजिक सञ्जालले  बालबालिकाहरूमा

सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी

वालिङ– यहाँका एक किसानले दसैँ तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट