यु–१९ महिला टि–२० विश्वकप : नेपालद्वारा एक सय ३१ रनको लक्ष्य प्रस्तुत « Khabarhub

यु–१९ महिला टि–२० विश्वकप : नेपालद्वारा एक सय ३१ रनको लक्ष्य प्रस्तुत


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतलाई जितका लागि एक सय ३१ रनको लक्ष्य दिएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को अजमानस्थित द सेभेन क्रिकेट रङ्गशालामा आज टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३० रन बनाएको हो । 

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन बनाइन् । उनले ३८ बलमा चार चौका प्रहार गर्दै सर्वाधिक ३४ रन बनाएकी हुन् । साना प्रवीणले १८ बलमा २५ रन बनाइन् । उनले सो क्रममा पाँच चौका प्रहार गरेकी थिइन् ।

ज्योत्सिन्का मरासिनीले १८ बलमा एक चौकाको मद्दतले २३ रन बनाइन् । नेपालका लागि सावित्री धामी र सोनी पाख्रिनले समान छरछ रन बनाए भने सीमा केसीले चार रन बनाइन् । कृश्मा गुरुङले एक रनको योगदान दिइन् भने रचनाकुमारी चौधरी र रिया शर्माले भने एक रन पनि जोड्न सकेनन् । 

कुवेतका लागि आयशा इकबाल पेवेकरले दुई विकेट लिइन् । जिफा जिलानी र अमिषाराम ओलाचेरीले समान एकरएक विकेट लिए । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । 

सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ । 

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  १ : ४५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्