इजरायलद्वारा लेबनानस्थित हिजबुल्लाहको मुख्य गढमा आक्रमण | Khabarhub Khabarhub

इजरायलद्वारा लेबनानस्थित हिजबुल्लाहको मुख्य गढमा आक्रमण


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायलले लेबनानको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको क्षेत्रमा छापा मार्दै बिहीबार दक्षिण बेरुतस्थित हिजबुल्लाहको मुख्य गढमा हवाई आक्रमण गरेको छ ।

हिजबुल्लाहले इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सैन्य अड्डालाई लक्षित गरी क्षेप्यास्त्र प्रहारसहित इजरायलमाथि धेरै आक्रमण गरेको दाबी गरेपछि छापा मारेको हो ।

स्वास्थ्य मन्त्रालयले बुधबार पूर्वी लेबनानको बेका उपत्यका र हिजबुल्लाहको प्रभुत्व रहेको घना जनसङ्ख्या भएको प्राचीन सहर बालबेकमा इजरायली आक्रमणले ४० जनाको ज्यान गएको जनाएको छ ।

गत सेप्टेम्बरको अन्त्यदेखि हिजबुल्लाह र इजरायल कडा युद्धमा छन् भने इजरायलले गाजामा हमाससँग लड्दै उत्तरी सीमा सुरक्षित गर्न तल्लिन छ । बेरुत विमानस्थल नजिकै भएको आक्रमणले एउटा हिटर कारखानाको गोदामलाई ठुलो क्षति पुर्‍याएको एएफपीले जनाएको छ ।

यातायातमन्त्री अलि हामेले विमानस्थलको परिसरसहित केही भवनहरूमा सामान्य क्षति भएता पनि विमानस्थल सामान्य रूपमा सञ्चालन भइरहेको र विमानहरू उडान र अवतरणमा कुनै समस्या नभएको बताएका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विजय नभएसम्म हमास र हिजबुल्लाहसँग लड्ने वाचा गरेका छन् । बुधवार अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पसँग कुरा गर्दै उनले इरानले द्वन्द्वमा थप खतरा उत्पन्न गरेको बताएका छन् ।

प्रधानमन्त्री नेतान्याहुले ट्रम्पलाई चुनावी विजयका लागि बधाई दिँदै इजरायलको सुरक्षाका लागि मिलेर काम गर्न सहमत भएको नेतान्याहुको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ५ : ३४ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी