हिमाली जिल्लामा पनि छठ पर्व मनाइयो | Khabarhub Khabarhub

हिमाली जिल्लामा पनि छठ पर्व मनाइयो


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा आज छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले छठ पर्व मनाएका हुन् ।

बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलबासीले आज साँझ छठी देवीको पूजाआजा र नदीमा गएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिए । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वले धार्मिक र सामाजिक सद्भावको सन्देश दिएको छ । उनीहरुले भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिनेछन् । 

नुहाइ धुवाई शुद्ध बस्त्र लगाएर व्रत बस्ने गरिएको बेनीमा व्यवसाय गर्दै आउनुभएका सञ्जय ठाकुरले बताए। नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतका प्रसाद लिएर नदी किनारमा उभिएका उनीहरूले सूर्यलाई अर्घ्य चढाएका थिए । 

उनीहरुले ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, फर्सी, सिंगारा, पान, सुपारी, धूप, दीप, अरतक, पात, चना आदीको प्रसाद बनाएर चढाएका थिए । छठ मनाउन जम्मा भएका मिथिलाञ्चलबासीलाई बेनीमा बसोबास गर्ने अन्य समुदायले शुभकामना दिएका थिए ।

म्याग्दीमा विस २०७७ देखि छठ मनाउन सुरु गरिएको हो  । सरकारले २०७६ साल फागुनमा म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ६ : ४३ बजे

प्लास्टिकजन्य फोहर नजलाउन आग्रह

काठमाडौं – काठमाडौँ उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण

बेलारूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा

इस्लामबाद – पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरानको रिहाइको माग गर्दै प्रदर्शन भइरहेका

सुन्तलामा किरा लागेपछि किसान चिन्तित

म्याग्दी– टिप्ने बेला भएको सुन्तला झर्न थालेपछि म्याग्दीका किसान चिन्तित

सन् २०२३ अक्टोबरदेखि एघार हजारबढी प्यालेस्टिनी हिरासतमा

एजेन्सी– सन २०२३ अक्टोबर –७ देखि इजरायलको जेलमा वेस्ट ब्यांक

राजापुरवासीले रगतकै लागि भौँतारिने अवस्था हट्दै

 राजापुर – बर्दियाको राजापुर नगरपालिका-५, जयपुरकी सुष्मा चौधरीकी सासूआमा भगवती