‘नेपाली खानालाई विश्वमाझ फैलाउन आवश्यक’ « Khabarhub

‘नेपाली खानालाई विश्वमाझ फैलाउन आवश्यक’


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपाली खानालाई विश्वमाझ फैलाउन आवश्यक भएको बताउनुभएको छ । त्यसका लागि नेपाली सेफ्सले महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे ।

सेफ्स एशोसिएसन अफ नेपालको २९औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित ‘नेपाली मौलिक खानाको प्रदर्शन कार्यक्रममा राज्यमन्त्री चौधरीले नेपाली सेफ्सले विश्वमाझ नेपाली खाना चिनाउन खेलेको भूमिका सराहनीय रहेको बताए ।

“नेपाली संस्कृति, पहिचान र मौलिक खानाको विदेशसम्म प्रदर्शन गर्न नेपाली सेफ्सको भूमिको राज्यले कदर गर्नुपर्छ, सरकार यस विषयमा गम्भीर बन्छ”, उनले भने ।

कार्यक्रममा सेफ्स एशोसिएसन अफ नेपालका अध्यक्ष रेशमबहादुर लामाले नेपाली सेफ्सको हकअधिकार र नेपाली खानाको अन्तर्राष्ट्रियस्तरसम्म प्रवद्धन गर्न एशोसिएसनले काम गरिरहेको बताए । विसं २०५३ मा स्थापना भएको एशोसिएसनले ‘वल्र्ड सेफ्स सोसाइटी’मा आबद्ध भई नेपाली खानाको विदेशसम्म प्रचारप्रसार गर्दै आएको उनको भनाइ थियो ।

कार्यक्रममा सेफ्स एशोसिएसन अफ नेपालका पूर्वअध्यक्षहरु र २५ वर्ष निरन्तर सेफ्स पेसामा कार्यरत वरिष्ठ सेफ्सहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा विभिन्न जातजातिका खानासमेत प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ११ : ०५ बजे

केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको कार्टुन : रोलक्रमबाट खसेकी श्रीमान् !

काठमाडौं- संवैधानिक परिषदले वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई पछि पार्दै

अनि एकल लिडमा आँट गरेकी आँचल…

काठमाडौं- नायिका आँचल शर्मा अहिलेका सबैभन्दा बढी फिल्म दिने नायक

सरकारको नीतिमा आचार्यको टिप्पणी: ‘बीआरटीले ट्राफिक समस्या झन् जटिल बनाउन सक्छ’

काठमाडौँ – पूर्वाधारविद् सूर्यराज आचार्यले सरकारको नीति तथा कार्यक्रममा समेटिएका

बेलायती प्रधानमन्त्री स्टाररमाथि राजीनामाको दबाब

लन्डन – बेलायती प्रधानमन्त्री किर स्टार्मरमाथि राजीनामा दिन दबाब बढेको