उत्तर कोरियापछि दक्षिण कोरियाले गर्‍यो क्षेप्यास्त्र प्रक्षेपण  | Khabarhub Khabarhub

उत्तर कोरियापछि दक्षिण कोरियाले गर्‍यो क्षेप्यास्त्र प्रक्षेपण 


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण कोरियाले उत्तर कोरियाको हालैको क्षेप्यास्त्र प्रक्षेपणपछि शक्ति प्रदर्शनका रूपमा समुद्रमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको सोलले शुक्रबार जनाएको छ ।

आणविक–सशस्त्र उत्तरले गत दुई साता छुट्टाछुट्टै अभ्यासमा आफ्नो सबैभन्दा उन्नत र शक्तिशाली ठोस–इन्धन अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसिबिएम) र केही छोटो दूरीका बैलिस्टिक क्षेप्यास्त्रहरू परीक्षण गरेको थियो ।

दक्षिण कोरियाली सैन्य कमान्डले गरेको लाइभ–फायर अभ्यास ‘उत्तर कोरियाली उक्साहटको दृढतापूर्वक जवाफ दिने दृढ सङ्कल्प प्रदर्शन’ गर्न लक्षित रहेको बताएको छ । ज्वाइन्ट चिफ्स अफ स्टाफले अभ्यासले ‘शत्रुको उक्साहटको स्रोतविरुद्ध सटीक आक्रमण गर्ने क्षमता र तयारी’ पनि रहेको बताएको छ ।

सैन्य कमान्डका अनुसार अभ्यासमा पश्चिमी समुद्रमा ह्युनमु सतह–देखि–सतह छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो । दक्षिण कोरियाले उत्तर कोरियाबाट उत्पन्न खतराको सामना गर्न सन् १९७० को दशकमा छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्रको स्वदेशी उत्पादन सुरु गरेको थियो ।

ह्युनमु क्षेप्यास्त्रहरूको एक शृङ्खला हो । यो मुलुकको कथित ‘किल चेन’ पूर्व–आक्रमणात्मक प्रहार प्रणालीको मुख्य हिस्सा हो । यसले सोललाई उत्तर कोरियाली आक्रमणको तत्काल संकेत देखिएमा पूर्व–आक्रमणात्मक आक्रमण गर्न अनुमति दिन्छ ।

अक्टोबरको सुरुमा देशले पहिलो पटक आफ्नो सबैभन्दा ठूलो ब्यालिस्टिक क्षेप्यास्त्र ह्युनमु–५ प्रदर्शन गरेको थियो । यो क्षेप्यास्त्र भूमिगत बङ्करहरू नष्ट गर्न सक्षम छ ।

गत आइतबार दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाले उत्तरको आइसिबिएम प्रक्षेपणको जवाफमा अमेरिकी बी–१बी बमवर्षक, दक्षिण कोरियाली एफ–१५केकेएफ–१६ लडाकू जेट तथा जापानी एफ–२ जेटहरू समावेश गरी संयुक्त हवाई अभ्यास गरेका थिए । यस्ता संयुक्त अभ्यासले प्योङयाङलाई आाक्रोशित तुल्याउँछ । उत्तरले यसलाई आक्रमणको पूर्वाभ्यासका रूपमा हेर्ने गरेको छ ।

    

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  १२ : १७ बजे

ओलीको पतनपछि योगेशको प्रस्ताव- नयाँ ढंगले पार्टी नेतृत्व पुनर्गठन गरौँ

काठमाडौँ– नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी नेतृत्व पुनर्गठनको

धादिङ कारागार तनावग्रस्त, आगोको मुस्लो देखियो

काठमाडौँ – जिल्ला कारागार धादिङ तनावग्रस्त बनेको छ । कारागार

विदेशी नागरिकले नजिकै तैनाथ सुरक्षाकर्मीसँग सम्पर्क गर्नुस्‌ : सेना

काठमाडौँ – नेपाली सेनाले विद्यमान जटिल परिस्थितिको कारण अलपत्र अवस्थामा

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह

काठमाडौँ – नेपाली सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको