ओलीबारे प्रभु साहको टिप्पणी- व्यवहार ‘ध्रुवे हात्ती’को, हालत ‘भिजेको बिरालो’ जस्तो « Khabarhub

ओलीबारे प्रभु साहको टिप्पणी- व्यवहार ‘ध्रुवे हात्ती’को, हालत ‘भिजेको बिरालो’ जस्तो


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आमजनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार चितवनको ‘ध्रुवे हात्ती’ जस्तो भएको टिप्पणी गरेका छन् ।

उनले व्यवहार ‘ध्रुवे हात्ती’ जस्तो भएको बताउँदै तत्काल सच्याउन सुझाएका छन् । पूर्वमन्त्रीसमेत रहेका साहले प्रधानमन्त्री ओलीको हालत भने ‘भिजेको बिरालो’ जस्तै भएको पनि बताएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार सञ्चारकर्मीसँगको कुराकानीमा साहले प्रधानमन्त्री ओलीको व्यवहार अराजक भएको बताए । उनले ओलीको पाइला अधिनायकवादतर्फ लम्किएको टिप्पणी गरे ।

जनताले शान्तिपूर्ण आन्दोलन र विरोध प्रदर्शन गर्दा प्रहरी लगाएर दमन गर्ने र युवाहरूले नाम लिएर नाराबाजी गर्दा प्रहरी लगाएर आतंकित बनाउने काम अलोकतान्त्रिक भएको साहले बताए ।

दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनको फाइनलमा युवाहरूले ओलीको नाम लिएर नाराबाजी गरेपछि प्रहरीले निगरानी गरेको विषयमा साहले यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमा बोलेको विषयमा जापानमा अध्ययनरत रतन कार्कीलाई इन्टरपोल लगाएर नेपा ल्याउने तयारी भइरहेको समाचार देख्दा आफूलाई आश्चर्य लागेको साहले बताए । ‘यो सरकार निर्दयी भयो । यस्तो व्यवहारले सरकारको नेतृत्वमा हुनेको ओज बढाउँदैन, बरु सर्वसत्ता लाद्ने नेताको छवि बन्छ’, उनले भने । साहले बचाउ गरेका रतनले प्रधानमन्त्री ओलीलाई दशरथ रंगशालामै मार्न सकिने अराजक टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री ओलीले आलोचना पचाउन नसकेको साहले बताए । ‘जनताको बहुदलीय जनवादको जगमा उभिनुभएका ओलीले नागरिकस्तरको आलोचना सहन नसक्नु गम्भीर गल्ती हो’, उनले भने, ‘जनता सडकमा शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा बल प्रयोग गर्नु गलत हो । उहाँको व्यवहार चितवनमा उपद्रो गर्दै हिँड्ने ध्रुवे हात्तीजस्तो भयो, यो सच्याउनुपर्छ । नत्र जनताले ठेगान लगाउनेछन्’, उनले भने ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  २ : २१ बजे

भारतमा सुरुङ दुर्घटना, सातको मृत्यु

एजेन्सी– भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नावशेषसहित

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको निक्षेप

गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो

जनकपुरधाम– गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

बागमती– बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी