अमेरिकामा पनि मनाइयो छठ | Khabarhub Khabarhub

अमेरिकामा पनि मनाइयो छठ


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डिसी- नेपालको तराई क्षेत्रमा महत्वका साथमा मनाइने छठ पर्व अमेरिकामा पनि मनाइएको छ । नेपालीको बाहुल्यता रहेको अमेरिकाका न्यूयोर्क, मेरिल्याण्ड, भर्जिनिया, टेक्सास, क्यालिफोर्निया, पेन्सलभेनिया, ओहायोलगायत राज्यमा स्थानीय मन्दिरमा गएर नेपालीले छठ पर्व मनाइएका हुन् ।

मेरिल्याण्डको जर्मनटाउनमा रहेको नेपाल एजुकेशन एण्ड कल्चरल सेन्टरले संयोजन गरेको छठ पर्वमा बिहीबार साँझ सन्ध्याकालमा अर्घ दिने नेपालीको बाक्लो उपस्थिति थियो । आयोजकका अनुसार स्थानीय समय अनुसार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिनेछ ।

आयोजक मोहन यादवले विभिन्न स्थानमा छठको लागि ठाउँ चयन गर्नु परेकामा विगत केही वर्षदेखि नेपालीले स्थापना गरेको मन्दिरमा मनाउन पाउँदा खुसी लागेको बताए। उनले बिहीबार व्रतालुले तीन दिनसम्म उपवास बसेर छठी माताको पूजा गरेका भन्दै यसमा युवा पुस्तालाई पनि सहभागी गराइएको जानकारी दिए ।

यादवले भने, ‘हामीहरूले यो प्रवासी भूमिमा हाम्रो सनातन धर्मको मूल्य मान्यता र यसको वैज्ञानिक कारणसहित दोस्रो पुस्तालाई छठ मनाउन उत्प्रेरित गरिरहेका छौँ । अमेरिकामा नेपाली रहेको स्थानमा कतिपयले आफ्नै घरमा, समूहमा मिलेर तथा मन्दिरमा गएर छठ पर्व मनाउने गरेका छन् ।’ -रासस

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ३ : ४४ बजे

ब्रेक फेल भएर ट्रक दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं – पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

सिङ्गापुरमा ठगी गर्ने युवा अपराधीको सङ्ख्यामा वृद्धि

सिङ्गापुर – गत वर्ष सिङ्गापुरमा ४२२ जना युवाहरूले ठगी अपराध

‘चिकित्सकको सल्लाहबिना रेडियोग्राफी गर्नु जोखिमपूर्ण’

काठमाडौं- आज विश्व रेडियोग्राफी दिवस । स्वास्थ्य सेवामा रेडियोग्राफीको महत्त्व

आजका समाचार : पाथीभरामा तनाव, रोकिएन सडक दुर्घटना, ट्रम्पले जितेपछि सुनचाँदीको भाउमा गडबडी

सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौला सर्वसम्मत अनुमोदित सर्वोच्च अदालतका दुईजना

रविको पक्षमा किन उठेन आन्दोलन ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कात्तिक ३