‘लैङ्गिक समानता र सामाजिक परिवर्तनका लागि शिक्षा महत्त्वपूर्ण’ | Khabarhub Khabarhub

‘लैङ्गिक समानता र सामाजिक परिवर्तनका लागि शिक्षा महत्त्वपूर्ण’


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि युरोपियन युनियनको प्रतिनिधिमण्डलका राजदूतको रूपमा एक दिनका लागि पदभार ग्रहण गरेकी रंजिताले लैङ्गिक समानता र सामाजिक परिवर्तनका लागि शिक्षा महत्त्वपूर्ण भएको बताउँदै बालबालिकाका लागि शिक्षामा लगानी गर्नुपर्ने बताएकी छन् ।

उनले शुक्रबार इयूको राजदुतको पदभार ग्रहण गर्दै क्रिएसन नेपालको कार्यालय भ्रमण अवलोकन गर्ने क्रममा यस्तो बताएकी हुन् । उनले संकटमा परेका बालिकाको सुरक्षाका लागि एकजुट हुन सबैलाई आग्रहसमेत गरिन् ।

उनले भ्रमणको क्रममा इयुको सहयोगमा क्रिएसनद्धारा सञ्चालित परियोजनाहरूमा युवा संलग्नता, चक्रीय अर्थतन्त्र, युवा उद्यमशीलता, जलवायु तथा पर्यावरण संरक्षणमा विद्यार्थीको संलग्नता लगायतका विभिन्न गतिविधिहरूको बारेमा जानकारी लिँदै अन्तर्संवाद गरिन् ।

उनले यस्तो अवसर जुटाई दिने प्लान इन्टरनेश्नललाई धन्यवाद दिँदै क्रिएसनको नेतृत्व तहमा महिलाहरूको बाहुल्यताले निकै खुसी लागेको बताइन् । सो अवसरमा उनले गल्र्स टेकओभरका लागि तयार पारिएको घोषणा पत्र क्रिएसनका संस्थापक अध्यक्ष आनन्द मिश्रलाई हस्तान्तरण गरेकी थिइन ।

नेपालका लागि युरोपियन युनियनको प्रतिमण्डलका राजदूत महामहिम भेरोनिक लोरेन्जोले समाजले युवाहरूलाई के दियो भन्दा पनि पनि युवाहरूले देश र समाजका लागि योगदान दिनु पर्नेमा जोड दिइन् । उनले सामूहिक र सहकार्यको माध्यमबाट महिलाहरूलाई निर्णायक नेतृत्व तहमा पुर्‍याउनु पर्नेमा जोड दिइन् ।

त्यस्तै क्रिएसनका संस्थापक अध्यक्ष आनन्द मिश्रले क्रिएसनमा ६० प्रतिशतभन्दा बढी महिलाहरूले नेतृत्व प्रदान गरी रहेको जिकिर गर्दै महिला र बालिकाको सवालमा आफूहरू निकै संवेदनशील रहेको बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ४ : ३६ बजे

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै