पाँच वर्ष जेल बसेर घर फर्किए चिनियाँ अधिवक्ता « Khabarhub

पाँच वर्ष जेल बसेर घर फर्किए चिनियाँ अधिवक्ता


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा विगत ५ वर्षदेखि जेल जीवन बिताइरहेका मानव अधिकारवादी अधिवक्ता रिहा भएका छन् । ५ वर्षको जेल सजाय पूरा गरी चिनियाँ अधिवक्ता चिन योङपेई रिहा भएका हुन् ।

जेलबाट रिहा भएर उनी गुवाङ्शी स्वशासित प्रान्तस्थित आफ्नो गृहनगर नानिङ पुगेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मानव अधिकारवादी संस्था फ्रन्ट लाइन डिफेन्डर्सले चिनलाई रिहा गरिएको पुष्टि गरेको छ ।

जायज र शान्तिपूर्ण रुपमा मानव अधिकारको पक्षमा वकालत गरेको बदलास्वरुप उनलाई जेल हालिएको उक्त संस्थाले टिप्पणी गरेको छ ।

सन् २०१९ मा उनलाई ‘राज्यशक्तिविरुद्ध विद्रोह उक्साएको’ अभियोगमा गिरफ्तार गरिएको थियो । पछि नानिङको माध्यमिक अदालतले उक्त अभियोगमा दोषी ठहर गर्दै उनलाई ५ वर्षको सजाय सुनाएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ३ : ११ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल