ट्रम्प ‘सुपर पावर' बन्दा इतिहास बनाउन किन चुकिन् ह्यारिस ? | Khabarhub Khabarhub

ट्रम्प ‘सुपर पावर’ बन्दा इतिहास बनाउन किन चुकिन् ह्यारिस ?


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

सन् १९६० मा श्रीलङ्कामा सिरिमाभो बन्दरानायके राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन्। यो नै संसारका पहिलो पटक महिला कार्यकारी प्रमुख भएको इतिहास हो। त्यसयता सन् २०२४ सम्ममा ६२ जना महिला आफ्नो देशको कार्यकारी प्रमुख भएका छन्। यी ६२ जनामा हालसम्ममा कुनै पनि अमेरिकी छैनन्।

समानताका नारा घन्की रहँदा संसार अझै जात, धर्म, वर्ग, वर्ण र धार्मिक सम्प्रदायको नाममा हुने विभेदकारी सोचबाट ग्रसित छ। यसको पछिल्लो उदाहरण अहिले जारी मध्यपूर्वको अशान्ति हो। वर्तमान कारण जे भए पनि अहिलेको अशान्तिको भित्री कारण शताब्दी लामो समयदेखिको यहुदी र इस्लाम बिचको तनाव नै भएको नकार्न मिल्दैन।

यी सबै सोचबाट अमेरिका धेरै पहिलो अघि बढिसकेको देश हो अमेरिकामा पहिलो पटक समानताको मुद्दा उठाउने व्यक्ति अब्राहम लिङ्कन थिए। सन् १८६१ अमेरिकाको राष्ट्रपति भएर उनले एउटा इतिहास कायम गरेका थिए। त्यसपछि सन् १९६३ मा मार्टिन लुथर किङको ‘आइ ह्याभ अ ड्रिम’ एउटा चर्चित सम्बोधनको रूपमा संसारमा अझै परिचित छ। समानताको बिगुल खोज्ने त्यसै ड्रिमको असर सबै भन्दा धेरै अमेरिकी खेलकुदमा देखिएको थियो। एथलेटिक्स, बास्केटबल र जिम्न्यास्टिक लगायत खेलमा अफ्रिकन अमेरिकीले संसारमा नै राज गरे। यसरी राज गर्नेमा महिलाको उपस्थिति पनि उल्लेख्य रह्यो।

किङको सोही कार्यक्रममा जोसेमिन बाकरले पनि सम्बोधन गरेकी थिइन्। नृत्याङ्गना दोस्रो विश्वयुद्धमा सफल जासुसको रूपमा स्थापित बाकरले गरेको कार्यक्रममा गरिएको सम्बोधनपछि समानताको अभियानमा अग्रणी महिलाको रूपमा आफूलाई परिचित गराउन सफल भएकी थिइन्।

५ नोभेम्बरमा अमेरिकामा सम्पन्न निर्वाचनमा पहिलो अश्वेत बिलिनियर ओफ्राह विन्फ्रेले पनि कमला ह्यारिसलाई साथ दिएकी थिइन्। सिकागो टिभीमा ‘पिपुल आर टकिङ’ कार्यक्रम सञ्चालन गरेर सफलताको उचाई छाएकी विन्फ्रेको कार्यक्रमले उनलाई लोकप्रियतामा शिखरमा चढायो, साथै आर्थिक रूपले समृद्ध बनाएको थियो।

यस पटकको निर्वाचनको मत गणना जारी रहँदा कमला ह्यारिसले कुनै समय अध्ययन गरेको हावार्ड विश्वविद्यालयमा महिलाको ठुलो उपस्थिति थियो। हयारिसले बुधबार साँझ त्यही कार्यक्रमको आयोजना गरेकी थिइन्। एकाएक नर्थ क्यारोलिनामा परिणाम बाहिरिएको थियो। नर्थ क्यारोलिनाको परिणाम मात्र बाहिरिएन मत गणना भइरहेका ब्याटल ग्राउन्ड विन्सकिन्सन र पेनसेल्भिनियामा समेत ह्यारिस रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्प भन्दा पछि थिइन्। यसै कारण ह्यरिसले आफ्नो हार निश्चित ठानेर कार्यक्रम मात्र स्थगित गरिनन् त्यहाँ उपस्थित भएका उनका समर्थकमा रुवावासी नै चलेको थियो।

यस पटकको निर्वाचनमा ह्यरिसको उम्मेदवारी धेरै कारणले चर्चामा थियो। पहिलो त उनी क्यारेबियन र भारतीय मूलकी आप्रवासीको सन्तान थिइन्। यस कारण उनी प्रति दक्षिण एसियाको चासो सबै भन्दा बढी थियो। दोस्रो उनी मन्दिर र चर्च दुवैमा उपस्थित जनाउने व्यक्ति थिइन्। तेस्रो उनी महिला थिइन्। साथमा उनी अश्वेत थिइन्। यस कारण उनको उम्मेदवारीप्रति धेरैको चासो थियो। यो चासो संसार भरीकै हो। अमेरिकाका सामु थुप्रै इतिहास बनाउने मौका थियो। त्यसो त पहिलो अश्वेत महिला उपराष्ट्रपति तथा राष्ट्रपति पदकी प्रत्याशीको रूपमा उनको कीर्तिमान थियो। तर संसारले अमेरिकामा बन्ने इतिहासलाई पर्खेर बसेको साँचो हो। यसका अलावा ४ वर्ष अघि पराजित रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पलाई नै अमेरिकीले पत्याए।

ह्यारिस हारका कारण
ह्यारिस हारको धेरै कारण हुन सक्छन्। मूल रूपमा ५ कारणलाई विशेष मानिएको छ। यी ५ कारणमा अर्थतन्त्र नै पहिलो कारण हो। बढ्दो महँगी र अर्थतन्त्र अमेरिकीको चासोको विषय थियो। सन् १९७४ पछि मुद्रास्फीति उच्च बिन्दुमा पुगेका थियो। २५ प्रतिशत मात्र देशको अवस्थाबाट सन्तुष्ट थिए। ३१ प्रतिशतले ट्रम्पले ह्यारिसले भन्दा राम्रोसँग अर्थतन्त्र सम्हाल्न सक्ने ठहर गर्दै मत दिएको सिएनएन पोलले देखाएको छ।

राष्ट्रपति जो बाइडेनले छाडेपछि उनी राष्ट्रपति पदकी उम्मेदवार भएकी थिइन्। ४० प्रतिशतको विचारमा बाइडेनको अलोकप्रियतामा ह्यारिसको पनि भूमिका छ। उनले आफूलाई बाइडेनबाट अलग राख्न नसक्नु हारको मुख्य कारण बनेको थियो। बाइडेनसँगको निकट दुरीका कारण उनले मुद्रास्फीति र मेक्सिको अमेरिका सीमाको सङ्कटलाई टार्न नसक्ने अनुमान धेरैको थियो।

ह्यारिसले आफू बाइडेन भन्दा फरक रहेको पुष्टि गर्न विगत भुलेर सुनौलो भविष्यको सपना देख्न बारम्बार आह्वान गरिन्। तर बाइडेनको आलोचना गर्ने हिम्मत भने गरिनन्। यस बिचमा बाइडेन प्रशासन कालमै डेमोक्र्याट पार्टी अलोकप्रिय भइरहेको थियो। यो अलोकप्रियता चिर्न समेत ह्यारिस असफल भइन्।

 

प्यु रिसर्च सेन्टरका अनुसार अन्तिम समयमा दुई सामाजिक मुद्दा उठेका थिए। महत्त्वपूर्ण केही राज्यलाई लक्षित गर्दै ट्रम्पले आप्रवासी मुद्दा उठाएका थिए। ह्यारिसले गर्भपतन र प्रजनन स्वास्थ्यको मुद्दा उठाएकी थिइन्। ह्यारिसको मुद्दाले पुरुष मतदातालाई खासै प्रभाव पारेन। ट्रम्पको आप्रवासी मुद्दाले महिला र पुरुष दुवै अमेरिकीलाई प्रभाव पारेको थियो।

ह्यारिसले महिला मतदातामा ५४ प्रतिशत मत पाइन भने ट्रम्पले ४४ प्रतिशत मत पाए। सन् २०२० मा बाइडेनले ५७ प्रतिशत महिलाको मत पाएका थिए भने ट्रम्पले ४२ प्रतिशत मत पाएका थिए। स्ट्यान्ड फोर्ड विश्वविद्यालयको हवार इन्स्टिच्युटका बेलायती अमेरिकी सिनियर फेलो निल फर्गुसन अमेरिकी मतदाता चार वर्षदेखि उठेका मुद्दालाई एकै पटक छाड्न नचाहेको बताउँछन्।

मध्यपूर्वको युद्ध तथा आर्थिक मुद्दा तथा विगतमा तल्लो वर्ग लक्षित कार्यक्रम ल्याउन नसकेका कारण काम गर्ने समुदाय, हिस्पानिक र ल्याटिनोमा डेमोक्र्याटको प्रभाव घटी रहेको थियो।

सन् १९८८ पछि पहिलो पटक सन् २०१६ मा ट्रम्पले हिलारी क्लिन्टनलाई हराउँदा मात्र पेनसेल्भिनियामा रिपब्लिकले सफलता पाएको थियो। त्यस स्थानमा पनि ह्यारिसले पराजयको सामना गरिन्। सन बेल्ट क्षेत्रका एरिजोना, नेभाडा, नर्थ क्यारोलिना र जर्जियामा ट्रम्प कार्यकालमा आएको विभाजनकारी अवस्थाका कारण सफलता पाउने ह्यारिसको विश्वास थियो। तर त्यो सम्भव भएन।

अफ्रिकी, ल्याटिनो र युवा समुदाय डेमोक्र्याटको मुख्य प्रभाव क्षेत्र थिए। यस पटक ह्यारिसले शिक्षित युवामा आफ्नो प्रभाव नबढाएकी होइनन्। तथापि डेमोक्र्याटका परम्परागत प्रभाव क्षेत्रमा रिपब्लिकले राम्रोसँग नै धावा बोलेको थियो। एडिसन रिसर्चको सर्वेक्षण अनुसार अश्वेत मतदातामा ह्यारिसले ८६ प्रतिशत तथा ट्रम्पले १२ प्रतिशत मत पाए। जबकी सोही समुदायमा सन् २०२० मा बाइडेनले ८७ प्रतिशत मत पाएका थिए। ल्याटिनो मतदातामा ह्यारिसले ५३ तथा ट्रम्पले ४५ प्रतिशत मत पाए। सन् २०२० मा बाइडेनले ६५ प्रतिशत ल्याटिनो मत पाएका थिए।

ल्याटिनो पुरुषमा ट्रम्पले ५४ तथा ह्यारिसले ४४ प्रतिशत मत पाए। सन् २०२० मा बाइडेनले सोही समूहमा ५९ प्रतिशत मत पाएका थिए भने ट्रम्पले ३६ प्रतिशत मात्र मत पाएका थिए। ल्याटिनोलाई आफ्नो कुरा राम्रोसँग राख्न नसक्नु नै ह्यारिस हारको एउटा कारण बनेको थियो।

ह्यारिसले उम्मेदवारी घोषणाको लगत्तै डोनाल्ड ट्रम्प माथि आक्रमण गर्न सुरु गरेकी थिइन्। फासिस्ट, नाजीका लागि प्यारो लगायत धेरै विषय उनले उठाएकी थिइन्। जबकी अमेरिकीका लागि डोनाल्ड ट्रम्प जानकारी नभएका व्यक्ति थिएनन्। उनीहरू ट्रम्पको आलोचना होइन ह्वाइट हाउस प्रवेशको पहिलो दिन देखिकै ह्यारिसको योजना सुन्न चाहन्थे। ट्रम्पमाथि बढी आक्रामक हुँदा हुँदै ह्यारिस यस सवालमा पनि चुक्न पुगिन्।

बारम्बारको मत सर्वेक्षणले ह्यारिसलाई बराबरी वा केही प्रतिशत माथि देखाए पनि चुनावी परिणाम उल्टिएको छ। अमेरिकामा एउटा इतिहास बन्नबाट रोकिएको छ। मुद्रास्फीतिको मुद्दासँगै दोस्रो पटक ह्वाइट हाउस प्रवेश गरेका डोनाल्ड ट्रम्प सुपर पावर भएका छन्।
स्रोतः सिएनएन, बिबिसी

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ७ : ३९ बजे

सन्तोषलाई पुर्ख्यौली पेसा नै प्यारो

बागलुङ – मध्यपहाडी पुष्पलाल लोकमार्गको घुम्तीमा सन्तोष विश्वकर्माको सानो आरन

प्रवेशाज्ञा बिना प्रवेश गरेको अभियोगमा दुई जना पक्राउ

झापा – प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई

पेट्रोलियम अन्वेषणः ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

दैलेख- जिल्लाको भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को

शिखर धवनले एनपिएलमा कर्णाली याक्सबाट खेल्ने

काठमाडौं – भारतीय क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपिएल)मा

गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन

म्याग्दी – गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा