'गणेशमान सिंहबाट निष्ठाको राजनीति सिक्नुपर्छ'  | Khabarhub Khabarhub

‘गणेशमान सिंहबाट निष्ठाको राजनीति सिक्नुपर्छ’ 


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दमौली– नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले निष्ठाको राजनीति गर्न गणेशमान सिंहबाट प्रेरणा लिनुपर्ने बताएका छन्। 

स्व गणेशमान सिंहको ११०औँ जन्मजयन्तीका अवसरमा आज व्यास नगरपालिका–२ गणेशमान पार्कमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य वाग्लेले लौहपुरुष सिंहले देशका लागि गरेको योगदान सधैँ अमर रहने बताए। 

सम्भ्रान्त परिवारमा जन्मिएर पनि सुख सयल छाडेर देश र जनताको पक्षमा काम गरेको कामको सधैँ चर्चा हुने उनले उल्लेख गरे। 

स्व गणेशमानले देश र जनताका लागि गरेको काम सम्झिँदा पनि आङ सिरिङ्ग हुने बताउँदै वाग्लेले गणेशमानलाई सम्झिँदै पार्टीभित्र एकताको खॉचो रहेको बताए।

मुलुकमा आउने चुनौतीको सामना गर्न पार्टीभित्र एकता आवश्यक रहेको उल्लेख गर्दै उनले पार्टीलाई बलियो र सुदृढ बनाउनुको विकल्प नरहेको बताए।

कार्यक्रममा पार्टी जिल्ला सभापति जितप्रकाश आले, संविधानसभा सदस्य रामचन्द्र पोखरेल लगायतले स्व गणेशमानबाट प्रेरणा लिएर अगाडि बढ्नुपर्ने बताए। 

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  १२ : ३४ बजे

सहकारी पीडितले गरे समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा प्रदर्शनी (तस्बिरहरू)

काठमाडौं– सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान ( महासंघ) को नेतृत्वमा

कमेडियन कैलाशले ल्याए नेपालको पहिलो इम्प्रभ कमेडी कार्यक्रम ‘द फन टूस शो’

काठमाडौं – कमेडियन कैलाश कार्कीले नयाँ कमेडी कार्यक्रम ‘फन टूस

३० अंकले बढ्यो नेप्से, २०५ वटा कम्पनीको बढ्यो सेयर मूल्य

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सेयर कारोबारको आज पहिलो दिन

माइतीघरमा आन्दोलन गर्ने र नारा लगाउने प्रहरीको नियन्त्रणमा

काठमाडौं- माइतीघरमा नारा लगाउने दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको

हर्क साम्पाङको पार्टी श्रम संस्कृति पार्टीले पायो मान्यता (तस्बिरहरु)

काठमाडौं- निर्वाचन आयोगले आइतबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम