पाकिस्तान रेलवे स्टेशनमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो | Khabarhub Khabarhub

पाकिस्तान रेलवे स्टेशनमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको एक रेलवे स्टेशनमा पाकिस्तानी पृथकतावादीहरूले दाबी गरेको बम आक्रमणमा १४ सैनिकसहित २६ जनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ ।

प्रान्तीय राजधानी क्वेटाको मुख्य रेलवे स्टेशनमा यात्रुहरू प्लेटफर्ममा पर्खिरहेका बेला विस्फोट भएको हो ।

‘मृत्यु भएको पुष्टि भएका २५ मध्ये १४ जना सेनाका कर्मचारी छन्,’ एक वरिष्ठ स्थानीय प्रहरी अधिकारी मुहम्मद बलोचले बताए। 

स्थानीय अस्पतालका प्रवक्ताले विस्फोटमा परी घाइते भएका दर्जनौं व्यक्तिलाई अस्पतालमा ल्याइएको र धेरैको मृत्यु भएको बताए।

बलुचिस्तानमा बारम्बार आक्रमणहरू भए तापनि अफगानिस्तान र इरानको सिमाना जोडिएको दक्षिणपश्चिमी प्रान्तमा शनिबारको विस्फोटबाट मृत्यु हुनेको सङ्ख्या विशेष गरी उच्च रहेको छ ।

रेल स्टेशनमा विष्फोट बिहान ८ः४५ बजे भएको थियो । यस क्षेत्रको मुख्य अलगाववादी समूहहरू मध्ये एक बलुच लिबरेशन आर्मी (बीएलए) ले आक्रमणको दावी गरेको छ ।

पाकिस्तानी सेनाको एक इकाईलाई लक्षित गरी आक्रमण गरिएको बीएलएले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

पाकिस्तानको आधिकारिक समाचार एजेन्सी एसोसिएटेड प्रेसले रेलवे अधिकारीहरूलाई उद्धृत गर्दै दुईवटा रेल छुट्ने क्रममा टिकट बुथ नजिकै विस्फोट भएको बताएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ६ : १३ बजे

दिल्लीमा शक्तिशाली विष्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीको लालकिल्ला मेट्रो स्टेसननजिक भएको कार

निकोलसलाई हाजिरी जमानीमा राखी अनुसन्धान गर्न परमादेश

काठमाडौं – सर्वोच्च अदालतले निकोलस भनेर चिनिने कमल भुसालको बन्दीप्रत्यक्षीकरणको

कुलमानसँग छुट्टिएका सुमना, बालेन र सुदन नयाँ दल दर्ता गर्दै

काठमाडौं– ऊर्जा मन्त्री कुलमान घिसिङसँग राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्व सांसद

मह आयात रोक्न माग गर्दै कृषि मन्त्रीसमक्ष ज्ञापनपत्र

काठमाडौं – नेपाली मह उत्पादनको मौसममा बहुराष्ट्रिय कम्पनीलाई मह आयात

हिक्मत महरा सुदूरपश्चिम रोयल्सका आइकोनिक खेलाडी

सुदूरपश्चिम – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताका लागि हिक्मत