आज २०८१ साल कात्तिक २५ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक २५ गते आइतबारको राशिफल


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक २५ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर १० तारिख। कात्तिक शुक्ल पक्षको नवमी तिथि। कुष्माण नवमी। महागुरु फाल्गुनन्द जयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सहज छ। सोचेका काम बन्नेछन्। अनुत्पादक क्षेत्रमा लगानी गर्ने बानीले मनमा असन्तुष्टि पैदा हुनेछ। विपक्षी दलका साथी शान्त भएकाले महत्त्वपूर्ण काम बन्नेछ। तपाईंले थालेको काममा सफलता मिल्ने योग छ।

वृष : थोरै बोल्नु राम्रो हुनेछ। तपाईंकै बोलीका कारण साथी टाढा हुनेछन्। उपचारकोक्रममा भए स्वास्थ्यले साथ दिनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ।

मिथुन : मुल त्रिकोणमा चन्द्रमा पुगेका छन्। मानसिक रुपमा सन्तुष्टि प्राप्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। सोचेका काम बन्नेछन्। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कर्कट : अरुले गरेका गल्तीको जिम्मेवारी तपाईंले लिनुपर्ने जोखिम छ। विवादमा फस्ने खतरा भएकाले थोरै बोल्नु फाइदाजनक हुनेछ। विदेशको लगानीतर्फ तपाईंको मन आकर्षित हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

सिंह : दिन सहज छ। लगानीका क्षेत्र अब्बल छन्। आफूले गरेको कामप्रति सन्तुष्टि मिल्नेछ। परिवारमा रचनात्कमक साथ र सहयोग मिल्नाले तपाईंका मनमा आनन्द मिल्नेछ। साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ।

कन्या : कृषि र फलफूलको क्षेत्रबाट फाइदा हुनेछ। फलफूलको व्यापारमा नाफा हुनेछ। साथीभाइले तपाईंको कुरा काट्नेछन्। बोल्नु अगाडि सोच्नुपर्ने दिन छ। औषधी नियमति नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारको सल्लहमा गरेको कामबाट उत्साह मिल्नेछ।

तुला : शिक्षाको क्षेत्रमा कला र गलाको प्रदर्शन गर्ने दिन छ। मुल त्रिकोणमा चन्द्रमा पुगेका छन्। आफूसँग आश्रित हुनेको दया गर्न मन जागृत हुनेछ। विपक्षीले तपाईंको प्रशंसा गर्नेछन्। खानपानमा ख्याल नगर्दा पुराना रोगले सताउने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

वृश्चिक : सम्पत्ति खोज्दै हिँड्दा इज्जतमा दाग लाग्नेछ। आफ्नै साथीले कुरा काट्ने भएकाले सचेत हुनु राम्रो हुनेछ। बिहान गणेशको पूजा गर्न सकेमा दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : दाजुभाइको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ। राजनीतिक संगठनमा आवद्ध हुनुभएको भए सेवाको अवसर मिल्नेछ। शुभ ग्रहको बहुमत भएकाले सोचेका काम बन्नेछन्। बिहान उठेर शिवको भजन गर्न सकेमा दिन सहज बन्नेछ।

मकर : धनस्थानमा चन्द्रमा पुगेकाले डुब्न लागेको धन हात लाग्नेछ। परिवारमा प्रशंसा हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनाले मन शान्त बन्नेछ। परिवारमा थोरै बोलेर सफलता प्राप्त हुनेछ।

कुम्भ : तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। रोगप्रतिरोधात्मक क्षमता बढ्नेछ। मनमा उ्रत्साह बढ्नेछ। विपक्षी समूहमा लागेर विरोध गर्ने साथी शान्त भएकाले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ।

मीन : सञ्चित धन खर्च हुनसक्छ। अनुत्पादक क्षेत्रमा खर्च नगर्नु राम्रो हुनेछ। प्राविधिक शिक्षाको लगानीबाट नाम र दाम मिल्नेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ५ : ०५ बजे

भाइरल बन्न ‘चिप’ शब्द हाल्दा बहिष्कारमा दुर्गेश-प्रियंका

काठमाडौं – एक नाबालिग गायिकाको बालत्कार प्रकरणमा जोडिएपछि बहिष्कारमा परेका

मनिता मृत्यु प्रकरणमा परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

काठमाडौं– उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएका मनिता शर्माको परिवारलाई

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले

एनसेल एपमा ‘शेक एन्ड विन’, ग्राहकलाई सर्प्राइज उपहारहरू 

काठमाडौं– एनसेलले एनसेल एपमा आकर्षक ‘शेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ

विश्वकप फाइनलमा गुरू-शिष्य आमनेसामने, डे ला फुएन्तेसँग फुटबल प्रशिक्षण पढेका थिए स्कालोनीले

काठमाडौं- फिफा विश्वकपको फाइनलमा नेपाली समयअनुसार सोमबार बिहान स्पेन र