फिल्म ‘हरिबहादुरको जुत्ता’ मा प्रियंकाको प्रवेश « Khabarhub

फिल्म ‘हरिबहादुरको जुत्ता’ मा प्रियंकाको प्रवेश


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘हरिबहादुरको जुत्ता’मा नायिका प्रियंका कार्कीको प्रवेश भएको छ । निर्माण पक्षले आइतबार उनी अनुबन्ध भएको जानकारी दिएको हो ।

यसअघि नै फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का अनुबन्ध भइसकेका छन् । निर्देशक दीपेन्द्र के खनालका अनुसार फिल्ममा उनीहरुसहित अन्य कलाकारको पनि अभिनय रहेन छ ।

अहिले आफूहरु कलाकार चयनकै क्रममा रहेको उनले बताए । खबरहबसँग उनले भने, ‘छायाङ्कनमा निस्कन अझै समय बाँकी छ । बिस्तारै अनुबन्ध भएका कलाकारहरुको नाम खुलाउँदै जानेछौं ।’

खनालका अनुसार हरिवंश यस फिल्ममा आफ्नो चर्चित पात्र ‘हरिबहादुर’को भूमिका निर्वाह गर्नेछन् । फिल्मको प्रमुख पात्र पनि उनी नै हुन् ।

फिल्मको कथा हरिवंश आफैँले लेखेका हुन् । निर्देशक खनाल माघ २१ बाट छायाङ्नमा निस्कने योजनामा छन् । फिल्मका निर्माता सरोज ओली हुन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १ : २३ बजे

विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन आग्रह

दाङ– लुम्बिनी प्रदेश सरकारले सम्भावित विपद् प्रतिकार्यका लागि उच्च सतर्कता

भँडारे खोलामा सडकमाथिबाट लेदोसहितको बाढी आउँदा सिद्धिचरण लोकमार्ग अवरुद्ध

ओखलढुङ्गा– लगातारको वर्षाका कारण ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ

परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री

बेनी-जोमसोम-कोरला सडकमा राति गाडी चलाउन नपाइने

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा यही असोज ८

बीसौँ एसियाली खेलकुद : पुरुष क्रिकेटतर्फ नेपालले अफगानिस्तानविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं– जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले