हवाई भाडा महँगिएको भन्दै सांसद बजगाईँले गरे माइतीघरमा विरोध « Khabarhub

हवाई भाडा महँगिएको भन्दै सांसद बजगाईँले गरे माइतीघरमा विरोध


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हवाई भाडा महँगो भएको भन्दै कांग्रेसका प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले विरोध प्रदर्शन गरेका छन् ।

हवाई भाडा महँगो हुँदा खाडीमा रहेका लाखौँ युवाहरुलाई समस्या भएको भन्दै बजगाईँले आइतबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्  ।

नेपालमा रोजगारको सम्भावना नभएर बिदेसिन बाध्य नेपालीहरूलाई महँगो भाडा थोपरिएकाले तत्काल हवाई भाडा वृद्धिको निर्णय फिर्ता हुनुपर्ने बजगाईँले बताए ।

नेपाली पर्यटन क्षेत्र अस्तव्यस्त भएको अवस्थामा हवाई भाडा वृद्धिले पर्यटन क्षेत्रमा समेत असर पुग्ने उनको भनाइ छ । बजगाईँले हवाई भाडा वृद्धि फिर्ता गराउनका लागि पर्यटन मन्त्रीलाई समेत आग्रह गरेको उल्लेख गरे ।

हवाई भाडा वृद्धि भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा नियन्त्रणका लागि सरोकारवाला पक्षसँग पाँच बुँदे सहमति समेत गरिसकेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ३ : ३१ बजे

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा