हृदयाघातको जोखिम पत्ता लगाउन डीएनए परीक्षण « Khabarhub

हृदयाघातको जोखिम पत्ता लगाउन डीएनए परीक्षण


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जन्मजात हृदयाघातको उच्च जोखिम भएका व्यक्तिहरू एउटै जेनेटिक परीक्षणबाट पत्ता लगाउन सकिने सम्भावना एउटा अध्ययनले देखाएको छ। अनुसन्धानकर्ताहरूका अनुसार जेनोमिक रिस्क स्कोर (जीआरएस) परीक्षण गर्न जम्मा ४० पाउन्ड मात्र लाग्छ र ठूलो जनसङ्ख्यामा जोखिममा भएका व्यक्ति पत्ता लगाउन आर्थिक रूपमा पनि सस्तो नै छ।

सो परीक्षणले उच्च कलेस्टरोलजस्ता मुटुको समस्या गराउने जोखिम भएका व्यक्तिमा पनि कसरी हृदयाघात हुन्छ भनेर स्पष्ट पार्न सक्छ। यसबारे थप अनुसन्धान हुनुपर्ने विज्ञहरू बताउँछन्।

शरीरमा आनुवंशिक गुण सङ्ग्रह गर्ने डीएनए परिवर्तित नहुने भएकाले जुनसुकै उमेरको व्यक्तिमा पनि जीआरएस अर्थात् वंशानुगत जोखिमको सम्भावना मापन गर्न सकिन्छ । यो परीक्षणले एउटा जिन वा वंशाणुलाई मात्र नभएर हृदयाघातको जोखिम बोक्ने जिनहरूको रूप जाँच्छ ।

यसबारे गरिएको अध्ययनमा अनुसन्धानकर्ताहरूले रगतको नमुना सङ्कलन गरेका थिए। तर मुखभित्रबाट सामान्य रूपमै निकालिने नमुनाबाट पनि यो परीक्षण गर्न सकिने उनीहरू बताउँछन्। चालीसदेखि ६९ वर्ष उमेर भएका पाँच लाख मानिसको जेनोमिक डेटा विश्लेषण गरेर जीआरएस मापन र गणना गर्ने विधि विकसित गरिएको हो। यूके बायोब्याङ्कमा सङ्कलित डेटामा २२ हजार जना मुटुमा रक्तप्रवाह अवरोध हुने रोग भएका व्यक्ति पनि थिए ।

जर्नल अफ अमेरिकन कलेज अफ कार्डिओलजीमा यसबारे एउटा लेख प्रकाशित भएको छ। शोधका प्रमुख लेखक तथा बेकर हार्ट एन्ड डाइअबिटिज इन्स्टिट्युट र युनिभर्सिटी अफ क्याम्ब्रिजसँग आबद्ध डा. माइकल इनोएका अनुसार कोरनरी हार्ट डिजिज भनिने मुटुमा अवरोध हुने समस्याको झन्डै ५० प्रतिशत सङ्ख्या वंशानुगत कारणले हुन्छ। बाँकी समस्या भने जीवनशैली र पर्यावरणसँग सम्बन्धित छन् ।

उनी भन्छन्, “जोखिम पहिचान गर्दा हामीले आनुवंशिक भागलाई छुटाउने गरेका छौँ …।” जीआरएस मापन गर्दा शीर्ष २० प्रतिशत स्थानमा रहेका सहभागीहरूमा कोरनरी हार्ट डिजिज हुने सम्भावना सबैभन्दा तल रहेका २० प्रतिशत सहभागीभन्दा चारगुणा बढी थियो।

विश्वभरि मृत्यु गराउने रोगहरूको सूचीमा कोरनरी हार्ट डिजिज माथिल्लो स्थानमै छ। युनिभर्सिटी अफ लेस्टरका प्राध्यापक एवम् वरिष्ठ लेखक निलेश सामानीका अनुसार राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसमार्फत् सङ्कलित ४० देखि ४९ वर्षसम्मका मानिसको तथ्याङ्कबाट मुटुरोगबारे गरिएको विश्लेषण पर्याप्त हुँदैन ।

बीबीसीबाट

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  २ : १६ बजे

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ

विश्वकपमा गुलाबीको बुटको फेसन

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या