फाल्गुनन्द मुलुकका अगुवा समाज सुधारक हुन् : सभामुख « Khabarhub

फाल्गुनन्द मुलुकका अगुवा समाज सुधारक हुन् : सभामुख


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द मुलुकका अगुवा समाज सुधारक रहेको बताएका छन् ।

फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्तीका अवसरमा ललितपुरको महालक्ष्मी– ८, शङ्खादेवीमा भएको कार्यक्रममा सभामुख घिमिरेले ‘सत्य धर्म मुचुल्का’ आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

‘किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा फाल्गुनन्दको योगदान महत्त्वपूर्ण छ,’ सभामुख घिमिरेले भने, ‘१९८८ साल वैशाख २४ गते जारी गरिएको सत्य धर्म मुचुल्का समाजको मार्गदर्शन थियो ।’

किरात माङ्सेसे हाङ्साम माङ्हिमले आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता फाल्गुनन्दका नीति समाज सुधारका लागि महत्त्वपूर्ण दस्ताबेज भएको बताए । उनले फाल्गुनन्दले प्रतिपादन गरेका सिद्धान्तलाई किरात समुदायमा मात्रै सीमित नगरी देशैभर फैलाउन जरुरी रहेको बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रेमबहादुर महर्जनले भाषा, लिपि, संस्कार संस्कृति, समान शिक्षा फाल्गुनन्दका महत्त्वपूर्ण नीति रहेको बताए ।

प्रदेश सभा सदस्य एवं बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले फाल्गुनन्दले किराँत समाज सुधारमा पुर्‍याएको योगदानको स्मरण गरे ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरि गोविन्द श्रेष्ठलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ४ : ४३ बजे

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, अब परिसरमै स्वास्थ्य सेवा पाइने

काठमाडौं- निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। आजदेखि

गगन थापाले भने- शिक्षामा दलीयकरण हुनु सबैभन्दा ठूलो समस्या हो

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले शिक्षामा दलीयकरण हुनु

राजनीतिक दाउपेचले सुस्ताएको कृषि : कहिले भित्रिएला स्मार्ट एग्रिकल्चर ?

नेपालमा राजनीतिक परिवर्तन र सरकार फेरबदलको शृङ्खला निकै लामो छ

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योगमन्त्रीको छड्के अनुगमन

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको

मैदानमा कमजोर, सपना विश्वकप

काठमाडौं – राउन्ड अफ ३२ को खेलमा पोर्चुगलका स्टाइकर क्रिस्टियानो