तिहार र छठ सकिएसँगै किसान धान काट्न व्यस्त « Khabarhub

तिहार र छठ सकिएसँगै किसान धान काट्न व्यस्त


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

राजविराज– तिहार र छठ सकिएसँगै सप्तरीको पूर्वी भेगका किसान धान काट्न र भित्र्याउने व्यस्त हुन थालेका छन् ।

यो वर्ष समयमा वर्षा भएकाले उत्पादन राम्रो हुनुका साथै भित्र्याउने बेला पनि मौसमले साथ दिएपछि किसान उत्साहित छन् ।

जिल्लाको सप्तकोशी, कञ्चनरुप र हनुमाननगर कङ्कालिनी नगरपालिका तथा तिरहुत, महादेव र अग्निकृष्णासवरण गाउँपालिकाका किसान धान भित्र्याउन व्यस्त हुन थालेका हुन् ।

अग्निकृष्णासवरण–४ का किसान रमेश यादवले मौसमले साथ दिएकाले धान भित्र्याउन सहज भएको बताए । धान काटिसकेर गहुँ लगाइने भन्दै उनले पानी नपर्दै गहुँ छर्नुपर्ने भएकाले हतारमा काम भइरहेको उल्लेख गरे ।

‘गाउँका अधिकांश युवा वैदेशिक रोजगारमा गएकाले गाउँघरमा धान काट्ने मजदुरको अभाव छ । वर्षभरि घर खर्च चलाउन १० कठ्ठा जग्गामा धान रोपेका छौँ । समयमा भित्र्याएर गहुँ छरेपछि अलि फुर्सद हुन्छ’, यादवले भने ।

स्थानीय सरस्वतीदेवी यादवले पनि परिवारलाई सघाउँदै छिन् । उनले खेतीपाती गर्न मेहनत आवश्यक पर्ने भन्दै सरोकार भएका निकायले किसानलाई आवश्यक अनुदान तथा प्राविधिक सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

यहाँका किसानले खेतको धान भित्र्याएपछि तोरी, आलु, तरकारी, मकै र गहुँ लगाउने गर्दछन् । धान वर्षभरिको खर्च जुटाउने मुख्य बाली भएकाले परिवारका सबे सदस्य काममा खटिएको सरस्वतीदेवीले बताइन् ।

पाकेको बाली काटर मात्रै राख्दा झरेर जाने समस्या आउने भएकाले कुट्ने, झार्ने, थन्काउने काममा अग्निकृष्णासवरणको बनौली, टेङगरी, चिमटीलगायत क्षेत्रका किसान व्यस्त भएका स्थानीय मनोजकुमार यादवले बताए। ‘विगतका वर्षमा भन्दा यस वर्ष धान उत्पादन राम्रो छ । दुई बिघा जग्गामा धान रोपाइँ गरेको थिएँ, मनग्य उत्पादन भएपछि उत्साहित छौँ’, उनले भने ।

गत असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढीले सप्तकोशी, मोहुली, जीतालगायत खोला किनारमा रहेका अधिकांश किसानको धानखेत बगरमा परिणत भएको थियो ।

तिरहुत–३ का बुधिलाल यादवले भित्र्याउने बेला भएको धानखेत बगर बनेपछि पीडित अहिले राहत र सहयोगको पर्खाइमा रहेका बताए  ।

यहाँस्थित चन्द्रनहरबाट समयमा सिँचाइ सुविधा नपाउँदा किसान अकाशे पानीको भरमा बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । आठ महिनादेखि नहरको पुलहरू पुनः निर्माण भइरहेकाले सिँचाइ अभाव भएको स्थानीय बताउँछन् ।

चन्द्रनहरअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिकाको फतेपुरबाट महादेवा गाउँपालिकाको पकरीस्थित खाँडो खोलासम्म तत्काल ३२ वटा नयाँ ‘साइफन’ पुनः निर्माण भइरहेका छन्  ।

जिल्लाको पूर्वी भेग तोपा, मन्सापुर, भगवतपुर, अकवरपुर, महादेवा, सोनरा, पकरी, कजौली, बथनाहा, इनर्वा, भारदह, चक्ला, विषहरियालगायत गाउँमा किसानले यसअघि चन्द्रनहरबाट सिँचाइ सुविधा पाउने गरेकामा अहिले महँगोमा डिजल तथा विद्युतीय प्रणालीमार्फत सिँचाइ व्यवस्था मिलाइएको महदेवा गाउँपालिकाका किसान महेन्द्रप्रसाद यादवले बताए ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रले यस वर्ष समयमा रोपाइँ सकिएकाले विगतका वर्षभन्दा यस वर्ष बढी उत्पादन हुने अनुमान गरेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ४ : ५१ बजे

सरकारबारे खुश्वुको आक्रोश : नागरिकमाथि गोली बर्साएर शान्ति सुरक्षा कायम गर्न खोजेको हो ?

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडप

गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै

बागमती– गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकको गन्तव्यस्थलका रुपमा विकास गरिँदै आएको छ

बालेन कार्यशैलीबारे प्रचण्डको दिक्दारी : मलाई नै बोलाएर सोधे पनि हुन्थ्यो नि !

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभा–शून्य समय : जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदहरूले सुनसरी

सुनसरी घटनाबारे प्रचण्ड, ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले