कालिकोट जिप दुर्घटना : सबै घाइतेलाई सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइयो | Khabarhub Khabarhub

कालिकोट जिप दुर्घटना : सबै घाइतेलाई सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइयो


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कालीकोटको पलाँता गाउँपालिका-३ स्थित राडीनेटामा भएको जिप दुर्घनाका घाइतेहरूलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइएको छ ।

घाइतेहरूलाई प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि भर्ना गरिएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार कालिकोटको पलाँता गाउँपालिकाको थिर्पुदेखि राम्नाकोट जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप राडीनेटामा दुर्घटना भएको थियो ।

जिप सडकबाट करिब २ सय मिटर तल खस्दा दुर्घटनामा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ६ : ०८ बजे

गत आवमा भोजपुरमा ५१ हजार मेट्रिक टन आलु उत्पादन

भोजपुर– जिल्लामा गत आर्थिक वर्षमा ५१ हजार नौ सय मेट्रिक

निर्वाचन आयोगले दल चिन्छ, जेन-जी चिन्दैन : नारायण भट्टराई 

काठमाडौं–  १३ देखि २८ उमेर समूह अर्थात् जेनेरेसन–जीको आन्दोलनपछि गठन

११ अंकले घट्यो नेप्से, १६५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२९ अंकले घटेको छ

राहदानीको विषय समाधान उन्मुख छ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागअनुसार राहदानी पुस्तिका केही

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शाक्यले गरे पदभार ग्रहण  

काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित