देउवा डडेल्धुरामा, अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता « Khabarhub

देउवा डडेल्धुरामा, अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज डडेल्धुरा आइपुगेका छन् । उनले आज महाकाली नदी किनारमा पुगेर परशुराम धामको दर्शन गरेका छन् ।

रङ्गुन नदीमा तटबन्ध निर्माण, परशुराम नगरपालिका–६ र १२ जोड्ने रङ्गुन नदी र सलुन–शीर्ष–रुपाल जोड्ने सडकखण्डमा पक्की पुल निर्माण, सडक बाटोको स्तरोन्नति र कालोपत्रे गरिने सभापति देउवाले प्रतिबद्धता व्यक्त गरे ।

सोमबार बिहान चुरे र महाभारत पर्वतको संगमस्थलमा अवस्थित प्राकृतिक आलितालको अवलोकनपछि महाकाली नदी किनारको परशुराम धाम पुगेर बाबा परशुरामको दर्शन गरेको कांग्रेस डडेल्लधुराका सभापति भीमबहादुर साउदले जानकारी दिए ।

डडेल्लधुरा प्राकृतिक रूपमा रमणीय र थुप्रै धार्मिकस्थल, शक्तिपीठ भएको जिल्ला भएकाले धार्मिक पूर्वाधारहरूको विकास गरेर धार्मिक क्षेत्रको विकास गर्ने उनले बताए । धार्मिक पूर्वाधारहरू निर्माण भएपछि यहाँको जनजीविकामा परिवर्तन हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १० : ०० बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा मेसीसँगै एमबाप्पे शीर्ष स्थानमा

काठमाडौँ – फ्रान्सेली कप्तान किलियन एमबाप्पे चालु विश्वकपमा सर्वाधिक गोल

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार २१ गते आइतबार सन् २०२६

सह-आयोजक क्यानडालाई ३-० ले पाखा लगाउँदै मोरक्को क्वाटरफाइनलमा

काठमाडौँ – सह-आयोजक क्यानडालाई ३–० को फराकिलो गोल अन्तरले स्तब्ध

एम्बाप्पेको गोलमा फ्रान्स विश्वकपको क्वाटरफाइनलमा : पाराग्वे बाहिरियो

काठमाडौँ – उपाधिको बलियो दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को