एनजीओमार्फत इसाई संस्था, ४० जिल्लामा साढे २ अर्ब लगानी « Khabarhub

एनजीओमार्फत इसाई संस्था, ४० जिल्लामा साढे २ अर्ब लगानी


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालका ४० जिल्लामा इसाई संघसंस्थाले विभिन्न कार्यक्रममा लगानी गरेको पाइएको राजधानी दैनिकमा खबर छ । समाज कल्याण परिषदका अनुसार इसाई नामसँग जोडिएका ६५ वटा एनजीओले नेपालको शिक्षा, स्वास्थ्य, दलित, आदिवासी, बालबालिका कृषि लगायतका क्षेत्रमा साढे २ अर्ब रुपैयाँ लगानी गरेको पाइएको छ ।

सामुदायिक विद्यालयको करोडौं लगानी बालुवामा पानी शीर्षकको अर्को समाचारमा सरकारले सामाुदायिक विद्यालयमा करोडौं रुपैयाँ खर्चिएपनि त्यसले उचित प्रतिफल निकाल्न नसकेको पाइएको छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर दिनानुदिन खस्कँदो अवस्थामा पुगेको छ ।

ठूला दुवै दलमा किचलो शीर्षकको समाचारमा सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसमा आन्तरिक किचलो बढेको कुरा उल्लेख छ । नेकपामा एकता प्रक्रिया टुग्याउने, यो प्रक्रिया टुंग्याउन गठित कार्यदलको म्याद थप गर्ने कि नगर्ने भन्ने विषयमा विवाद छ भने, कांग्रेसमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीचको खटपट र गुटगत किचलोले बैठक नै अन्यौलमा पर्दैै गएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ७ : २७ बजे

गृह मन्त्रालयको कर्मचारी भन्दै प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ

काठमाडौं- आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष

वामपन्थी सहकार्यमा ढिलाइ नगरौँ : संयोजक प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

झापा- आर्थिक सङ्कटका कारण कोशी प्रदेशका ४४ वटा एफएम रेडियो

विवेकपूर्ण आत्मसमीक्षाबिना कम्युनिस्ट एकता सम्भव छैन : सहसंयोजक माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार