प्रभासको फिल्म साहोले पहिलो दिनको कमाइमा राख्यो यस्तो रेकर्ड « Khabarhub

प्रभासको फिल्म साहोले पहिलो दिनको कमाइमा राख्यो यस्तो रेकर्ड


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाहुबली स्टार प्रभासको बहुप्रतिक्षित फिल्म साहो शुक्रवारबाट रिलिज भएको छ ।

लामो समयदेखि चर्चामा रहेको र सबैभन्दा ठूलो बजेटमा बनेको फिल्म भएका कारण दर्शकले यो फिल्मलाई कुरिरेका थिए । तर फिल्म भने प्रचार भए अनुसार नभएको भन्दै फिल्म विश्लेषक र फ्यानहरुले आलोचना गरिरहेका छन् ।

प्रभास र श्रद्धा कपुरको फिल्म साहोले बम्स अफिसमा भने राम्रो उपस्थिती जनाएको छ ।

साहोले पहिलो दिन २४ करोड भन्दा धेरै कमाइ गरेको छ । ३५० करोड लागानीमा बनेको फिल्मले हिन्दी तर्फ १० करोड पहिलो दिन कमाउने अपेक्षा गरिएको थियो तर पहिलो दिन त्यो भन्दा धेरै कमाइ गरेको छ ।

ट्रेड एनालिस्ट तरुण आदर्शले ट्वीटमा जनाए अनुसार हिन्दी भर्सनले बक्स अफिसमा आफ्नो पहिलो दिन २४.४० करोड रुपैयाँको कलेक्सन गरेको छ । यसका साथै साहो यस वर्ष सबैभन्दा धेरै कमाइको ओपनि गर्ने तेस्रो फिल्मको रेकर्ड राखेको छ ।

यो वर्ष पहिलो दिन सबैभन्दा धेरै कमाइ गर्ने फिल्ममा सलमान खानको भारत (४२.३० करोड) छ र दोस्रोमा अक्षय कुमारको मिशन मंगल(२९.१६ करोड) रुपैयाँ रहेको छ ।

प्रभावसको यसअघिका फिल्म बाहुबली द बिगनिले विश्वभरबाट ६५० करोड र बाहुबली २ले विश्वभरबाट १७९६.५६ करोडको व्यापार गरेको थियो । यो फिल्मपछि साहोबाट फ्यानहरुले ठूलो अपेक्षा गरेका थिए ।

साहोमा प्रभास र श्रद्धा कपुरसँग अभिनेता नील नितिन मुकेश, जेकी श्राफ, मन्दिरा बेदी र चंकी पाण्डे रहेका छन् । यो फिल्मको निर्देशन सुजीले गरेका हुन् भने प्रोड्युसर वामसी कृष्णा रेड्डीले गरेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ५ : ११ बजे

ह्याट्रिक गर्न चुके ब्राजिलका विनीसियस जुनियर

काठमाडौँ – स्टार फरवार्ड विनीसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले ब्राजिल

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६