प्रभासको फिल्म साहोले पहिलो दिनको कमाइमा राख्यो यस्तो रेकर्ड | Khabarhub Khabarhub

प्रभासको फिल्म साहोले पहिलो दिनको कमाइमा राख्यो यस्तो रेकर्ड


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाहुबली स्टार प्रभासको बहुप्रतिक्षित फिल्म साहो शुक्रवारबाट रिलिज भएको छ ।

लामो समयदेखि चर्चामा रहेको र सबैभन्दा ठूलो बजेटमा बनेको फिल्म भएका कारण दर्शकले यो फिल्मलाई कुरिरेका थिए । तर फिल्म भने प्रचार भए अनुसार नभएको भन्दै फिल्म विश्लेषक र फ्यानहरुले आलोचना गरिरहेका छन् ।

प्रभास र श्रद्धा कपुरको फिल्म साहोले बम्स अफिसमा भने राम्रो उपस्थिती जनाएको छ ।

साहोले पहिलो दिन २४ करोड भन्दा धेरै कमाइ गरेको छ । ३५० करोड लागानीमा बनेको फिल्मले हिन्दी तर्फ १० करोड पहिलो दिन कमाउने अपेक्षा गरिएको थियो तर पहिलो दिन त्यो भन्दा धेरै कमाइ गरेको छ ।

ट्रेड एनालिस्ट तरुण आदर्शले ट्वीटमा जनाए अनुसार हिन्दी भर्सनले बक्स अफिसमा आफ्नो पहिलो दिन २४.४० करोड रुपैयाँको कलेक्सन गरेको छ । यसका साथै साहो यस वर्ष सबैभन्दा धेरै कमाइको ओपनि गर्ने तेस्रो फिल्मको रेकर्ड राखेको छ ।

यो वर्ष पहिलो दिन सबैभन्दा धेरै कमाइ गर्ने फिल्ममा सलमान खानको भारत (४२.३० करोड) छ र दोस्रोमा अक्षय कुमारको मिशन मंगल(२९.१६ करोड) रुपैयाँ रहेको छ ।

प्रभावसको यसअघिका फिल्म बाहुबली द बिगनिले विश्वभरबाट ६५० करोड र बाहुबली २ले विश्वभरबाट १७९६.५६ करोडको व्यापार गरेको थियो । यो फिल्मपछि साहोबाट फ्यानहरुले ठूलो अपेक्षा गरेका थिए ।

साहोमा प्रभास र श्रद्धा कपुरसँग अभिनेता नील नितिन मुकेश, जेकी श्राफ, मन्दिरा बेदी र चंकी पाण्डे रहेका छन् । यो फिल्मको निर्देशन सुजीले गरेका हुन् भने प्रोड्युसर वामसी कृष्णा रेड्डीले गरेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ५ : ११ बजे

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन

तनहुँमा एक पुरुष मृत फेला

तनहुँ – यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल

तनहुँ – यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम