नेपाल प्रहरीका ३५ एसएसपीहरुको सरुवा (सूचीसहित) « Khabarhub

नेपाल प्रहरीका ३५ एसएसपीहरुको सरुवा (सूचीसहित)


१४ भदौ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले ३५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा गरेको छ ।

गृह मन्त्रालयअन्तर्गत प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं प्रशासन विभागले १३ भदौमा भएको गृहमन्त्रीस्तरीय निर्णयअनुसार ३८ एसएसपीको सरुवा गरिएको जनाएको छ । प्रहरी प्रधान कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै सरुवाको जानकारी दिएको हो ।

उनीहरूले भदौ महिनादेखिकै तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाटै खान पाउने गरी एसपीहरूको सरुवा गरिएको बताइएको छ ।

सरुवा सूचीअनुसार ललितपुरमा टेकप्रसाद राईलाई ल्याइएको छ भने महानगरीय ट्राफिक महाशाखामा भिमप्रसाद ढकालको सरुवा भएको छ ।

त्यस्तै ललितपुरको प्रहरी प्रमुखको रुपमा कार्यरत रविन्द्रबहादुर धानुकलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरिएको छ भने महानगरीय प्रहरी परिसर काठमाडौंमा यसअघि काज सरुवा भएका उत्तमराज सुवेदीको सोही स्थानमा दरबन्दी कायम भएको छ ।

तालिम केन्द्र अन्तर्गत बुटवल तालिम केन्द्रको समादेशकमा डा. गणेश रेग्मी, पोखरामा दिवेश लोहनी, दुधौलीमा सन्दीप भण्डारी, नेपालगन्जमा मसाउद आलम खाँ, दिपायलमा प्रदीपकुमार श्रेष्ठ र जनकपुर तालिम केन्द्रमा हरिराज वाग्लेको सरुवा भएको छ । त्यसैगरी प्रहरी युक्ति तालिम महाबिद्यालय जर्गाहा नवलपरासीको प्रमुखमा एसएसपी वसन्त कुवँरको सरुवा भएको छ ।

हुर्नुहोस् सूची

प्रकाशित मिति : १४ भदौ २०७६, शनिबार  ५ : १६ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया