पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु | Khabarhub Khabarhub

पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ । नव आदर्श सामुदायिक विकास समाज पोखरा–१९ लामाचौरको आयोजनामा सञ्चालन भइरहेको तीज महोत्सवको प्रमुख आकर्षणको रूपमा रहेको प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले उद्घाटन गरे ।

प्रतियोगिताअन्तर्गत आजको खेलमा गण्डकी प्रदेश र यु–डाइमण्ड काठमाडौँ एकेडेमी विजयी भएका छन् । गण्डकी प्रदेशले पारामाउण्ट इङ्लिस बोर्डिङ स्कूल काठमाडौँलाई २५–१४, २५–११, २५–१५ को सोझो सेटमा पराजित गरेको थियो । त्यसैगरी यु–डाइमण्डले चितवन टाइगर्स क्लबलाई २५–१४, २५–२०, २५–१४ को सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगितामा छ टिमको सहभागिता रहेको छ ।

सो अवसरमा सदस्यसचिव सिलवालले प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्नेमा जोड दिँदै ‘छात्रा भलिबलमा अब अन्तर्राष्ट्रियस्तरकै प्रतियोगिता हुनुपर्दछ’ भने ।

यही भदौ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टोलीलाई एक लाख १५५, उपविजेतालाई रु ६५ हजार पाँच तथा तृतीयलाई रु २५ हजार पाँच, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने महोत्सवका प्रचार–प्रसार संयोजक बुद्धिबहादुर खत्रीले जानकारी दिए ।

महोत्सवमा आज सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय सितेरियो कराँते प्रतियोगितामा गोर्खा जिल्ला प्रथम भएको छ । प्रतियोगितामा गोर्खाले छ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित प्रथम भएको कास्की जिल्ला सितेरियो कराँते सङ्घका सुरेन्द्र गुरुङले जानकारी दिए ।

दुई स्वर्ण, तीन रजत र पाँच कास्य पदकका साथमा कास्की दोस्रो र तीन स्वर्ण, एक रजत र पाँच कास्य पदकको साथमा तनहुँ तेस्रो भएका छन् । प्रतियोगितामा १० जिल्लाका १२० खेलाडी सहभागी भएका थिए । विजेता खेलाडीलाई सदस्यसचिव सिलवालले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ७ : ५१ बजे

मतदाता नामावलीमा नाम दर्ता गराउन युवामा उत्साह

मोरङ– आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि युवा

मधेसको मुख्यमन्त्रीमा लोसपाको स्वाभाविक दाबी : महन्थ ठाकुर

महेन्द्रनगर– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस

एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठक बुधबार

हमासले बुझाएको शव विपिनकै भएको पुष्टि, इजरायली सेनाको दाबी : बन्धक अवस्थामै हत्या गरिएको हुन सक्छ

तेलअभिभ- हमासले सोमबार हस्तान्तरण गरेका मृतक चार बन्दीको शवमध्ये एउटा

गौरव ऐरलाई आक्रमण गरेको अभियोगमा ११ जना पक्राउ

सुदूरपश्चिम–  कैलालीको गोदावरी नगरपालिका–४ स्थित शुभम् होटेलमा दुई दिनअघि ३२